निर्वाचन सत्तामा जाने भ-याङ मात्र नबनोस् (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८३, मंगलबार

निर्वाचन सत्तामा जाने भ-याङ मात्र नबनोस् (भिडियाेसहित)

निर्वाचनको मिति तोक्ने विषयमा सर्वत्र छलफल हुदा देस र जनताको भविष्य बारे छलफल हुन सकेन, आगामी निर्वाचन पनि नेताहरुका लागि सत्तामा जाने भ¥याङ मात्र बन्ने संकेत
स्थानीय तहको निर्वाचन कहिले हुन्छ? संविधान अनुसार हुन्छ कि हुदैन भनेर चर्चा र चासो बढेको वेला आगामी निर्वाचन पछि देस र जनताको भविष्य कस्तो हुन्छ भन्ने बारे कहि कतै छलफल भएको छैन ।

हरेक राजनीतिक दलका नेताहरुले वितेको पाँच बर्षमा देसले के कस्ता उपलब्धि हासिल गर्यो अबको पाँच बर्षमा देसलाई कस्तो बनाउने भन्ने विषयमा समिक्षा सहित छलफल भएको हुनु पर्ने हो। तर हाम्रो देसको दुर्भाग्य भन्नु पर्छ नेताहरुले देसलाई कस्तो बनाउने भन्ने विषयलाई कहिले पनि छलफलको विषय समेत बनाउदैनन। त्यसैले आगामी निर्वाचन पनि नेताहरुका लागि सत्तामा जाने भ¥याङ मात्र सिमित हुने संकेत देखिएके छ।


अहिले सर्वत्र निर्वाचन कहिने गर्ने भन्ने चर्चा छ। राजनीतिक दलहरुले कसरी हुन्छ आफ्नो अनुकुल समयमा निर्वाचन गर्ने विषयलाई पहिलो प्राथमिकतामा राखेका छन। तर के कसैले सोचेको छ त चुनावपछि आउने नेतृत्वले देश र जनताको भविष्यको सुनिश्चितता गर्न सक्छ कि सक्दैन भन्ने? अर्थात देसलाई कसरी अगाडी डोर्याउछ भन्ने बारेमा।

हुन त हरेक राजनीतिक दलका नेताहरुका आ आफ्नै दाउ छन, आगामी निर्वाचनमा आफ्नो पार्टी सबै भन्दा शक्तिशाली हुन्छ भनेर। तर कुनै पनि नेतासँग के काम गरेका कारणले जनताले आफ्नो पार्टीलाई विश्वास गर्छन भन्ने आधार देखिँदैन। हरेक राजनीतिक दलभित्र जल्दा बल्दा युवा नेता छन्, जसले सडक आन्दोलनमा देस र जनताको पक्षमा काम गर्न सत्ता बाहिर हुदा ठूला ठूला कुरा गर्छन। तर सत्तामा जादा के गर्छन भन्ने सबैले बुझी सकेको छ। त्यसैले देस विकासका निम्ती युवा वर्ग नेतृत्वमा आए हुन्थ्यो भन्ने विश्वासको धरातल विस्तारै कमजोर हुदै गएको छ।

कस्ता आर्थिक नीति अपनाए देसले द्रुत गतिमा आर्थिक सम्वृद्धि हासिल गर्छ भन्ने विषयमा राजनीतिक दलहरुभित्र छलफल हुदैन। कुन क्षेत्रमा लगानी गरे श्रम बजारमा भौतारिएका बेरोजगारहरुलाई रोजगारी दिन सकिन्छ भन्ने विषयमा नेताहरुको ध्यान छैन। आउँदो निर्वाचनमा जनताकोबीचमा के कस्ता नक्कली कुरा गर्ने, कसरी जनतालाई भ्रममा राख्न सकिन्छ कसरी भोट बटुलेर सत्तामा जान सकिन्छ भन्ने विषयमा हरेक पार्टीका हरेक तह तप्कामा छलफल शुरु भइसकेको। यो प्रवृति नै विकास को सम्भावना नै सम्भावना बोकेको हाम्रो देसका लागि ठूलो बाधक बनेको छ।

जबकि राजनीतिकदलहरुले आगामी निर्वाचनबाट सरकारको नेतृत्व गर्ने अवसर पाए पहिलो वर्ष के गर्ने? दोस्रो बर्षमा के गर्ने पाँच वर्षभित्रमा के के काम गर्न सकिन्छ भनेर छलफल गरेको हुनु पर्ने हो। तर नेताहरुको ध्यान कसरी सत्ता कब्जा गर्ने गरि निर्वाचन आफ्नो पक्षमा पार्न सकिन्छ भन्नेमा मात्र सिमित बनेको देखिन्छ।

अर्को तर्फ जनताले स्थिर सरकार सञ्चालन गर भनेर दिएको मत कुल्चेर अस्थिर सरकार निर्माण गरेर भागबण्डा लगाउदै राज्यको सम्पतीमा रजाइ गर्ने खराब प्रवृति छ। त्यसैले अब दलका नेताहरु निर्वाचनमा भोट माग्न घरदैलोमा पुग्दा हरेक मतदाताले नेताहरुलाई देस र जनताको लागि के गर्नु हुन्छ? भनेर प्रश्न गर्न सक्नु पर्छ। मत दिए पाएर सत्तामा पुगेपछि गाँउ जान नरुचाउने नेताहरुले सोझा किसानहरुको भावनासँग सबै भन्दा बढि खेलवाड गरेका छन।

उनीहरुले दिएको मत र नेताप्रति गरेको विश्वासको शोषण भएको छ। यो किसानहरु माथि भएको घोर अन्याय हो। कृषिलाई हेपेर नेपाल कहिले पनि समृद्धि हुन सक्दैन। यो कुरा राम्रो सँग बुझेका नेताहरुले किसानलाई भ्रममा राख्न वेला वेलामा देशभित्र मल कारखाना खोल्ने निर्णय गर्दै बारम्बार ढाटिरहेका छन।

मलका लागि लामबद्ध लाइन लागेका किसानको दृष्यले नेपालको कृषि र किसानको पक्षमा मिठा मिठा भाषण गर्ने नेताहरुलाई लज्जाबोध हुनु पर्ने हो। मल मात्र होइन, सिचाइको समस्या त्यस्तै छ। उत्पादीत वस्तुले बजार र उचित मुल्य समेत पाउदैन। झन्डै ६५ प्रतिशत रोजगारी कृषिमा आधारित छ तर कृर्षि पेशा राज्यको प्राथमिकता पर्दैन

अर्को तर्फ निर्वाचनमा आउदा चन्दा माग्न काम लाग्ने उद्योगी व्यवसायीहरुलाई सत्तामा पुगेपछि नेताहरुले वेवास्ता गर्ने गरेका छन। दलाल प्रवृतिका व्यापारिलाइ साथ दिने नेताहरुले देसभित्र नियम कानुनको दायरमा रहेर आफ्नो व्यापार व्यवसाय गर्नेहरुलाई अनेक दुख दिइरहेका छन।। देसभित्र उद्योग व्यवसाय गर्नेहरुलाई पनि राज्यले सहुलियत दिन सक्दैन। अनि बजेटको खाका कोर्ने वेला विदेसी दाताको मुख ताक्ने।

देसलाई घातक हुने सर्त स्वीकार गरेर सम्झौता गर्ने प्रवृति नहटे सम्म जुन तहको निर्वाचन जहिले गरे पनि देस र जनतलाई केहि फाइदा हुनेवाला छैन। केहि नेताहरुका लागि निर्वाचन सत्तामा जाने भर्याङ बन्ने बाहेक खास उपलब्धि हासिल हुने देखिदैन।

त्यसैले जसरी निर्वाचनको मिति तोक्ने विषयमा छलफल हुदै छ, त्यसरी नै निर्वाचन पछि कुन पार्टीका नेताहरुले देस र जनताको लागि के गर्छन भन्ने विषयमा सबै पक्षले सघन छलफल गर्नु आवश्यक छ। मतदाताहरुले भ्रट्राचारमा लिप्त नेताहरुलाई सत्तामा पुर्यानु भन्दा काम गर्ने इच्छा शक्ति भएका नेताहरुलाई भोट दिने बारेमा व्यापक रुपमा जनचेतना फैलाउन पनि उतिक्कै जरुरी छ।

Leave a Reply