राजनीति फेरि मुडभेड तर्फ जाने संकेत, कम्युनिष्ट नेताहरुसँग आक्रोस मात्र (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

राजनीति फेरि मुडभेड तर्फ जाने संकेत, कम्युनिष्ट नेताहरुसँग आक्रोस मात्र (भिडियाेसहित)

काठमाडाैं । कम्युनिष्ट नेताहरुको अभिव्यक्तिले देश मुडभेडतर्फ जाने संकेत, ओली, प्रचण्ड र नेपाल एकअर्कालाई स्वीकार गर्न नसक्ने अबस्थामा ।।

देशमा यत्रतत्र समस्या नै समस्या छन् । जनताले सवल नेतृत्व क्ष्मता भएको व्यक्ति खोजिरहेका छन् । अहिलेका नेताहरुप्रति जनताको भरोषा छैन । यस्तो अबस्थामा नेताहरुले सार्वजनिक कार्यक्रममै देशलाई मुडभेड तर्फ लैजाने अभिव्यक्ति दिएर कार्यकर्तालाई उचालि रहेका छन् ।

खास गरि पछिल्लो समय कम्युनिष्ट नेताहरुका हर्कत शिर्ष नेता भन्न लायक पनि देखिएको छैन । उनीहरुले सम्बोधन गर्दा प्रयोग गर्ने भाष तल्लो स्तरको छ । जसका कारण जनताहरु थप आजित र आक्रोसित छन् ।

पछिल्लो समय केपी शर्मा ओली, माधव कुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड एक अर्कालाई स्वीकार गर्न नसक्ने अबस्थामा पुगेका छन् । बरिष्ठतम नेताहरुबाट देश रजनताका लागि खास भिजन र मिसन कहिले पनि आउदैन । उनीहरु निरन्तर एकाअर्का विरुद्धको जुहामरीमा उद्धत भएका छन ।

नेताहरु कति सम्म गैर जिम्मेवार छन् भने सार्वजनिक कार्यक्रममै उनीहरुले दिएका अभिव्यक्तिका कारण देश नै मुडभेड तर्फ जाने संकेत देखिएको छ । जसका कारण आगामी निर्वाचनमा आ आफ्नो गुटलाई मात्र लिएर निर्वाचनमा जाँदा निर्वाचन नै रणभूमि परिणत होला भन्ने डर बढेको छ ।

विहिबार आमोवादी निकट वाइसियललाई सम्बोधन गर्दै माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले अर्ध लडाकुको रुपमा रहेको दस्तालाई खुल्लम खुल्ला भिड्न आहन गरेका छन् । प्रचण्डको जस्तै आहन अरु नेताहरुले पनि गर्ने हो भने, आगामी चुनाव नै चुनौतीपुर्ण हुनेछ ।

यति भन्दै गर्दा पुर्ण लडाकु दस्ताबाट पार लगाउन नसकेर शान्ति प्रकृया भन्दै सिंगो राजनीतिलाई पुरानो धारमा विलिन गरेको हेक्का प्रचण्डलाई होला कि न होला ? यति लामो इतिहासमा आफ्नो कार्यकाल भोगिसक्दा पनि फेरि त्यहि धङ्क धङ्की धेखाउनु स्वयम प्रचण्डका लागि मनन गर्ने विषय हो ।

यसै पनि पछिल्लो समय माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको बोली सन्तुलित देखिदैन । उनले कहिले आफ्नो पार्टी विघटन गर्ने चेतावनी दिइरहेकाछन्, कहिले माओवादीका नेतकार्यकताहरुमा विचलन आयो भनिरहेकाछन्, कहिले राष्ट्रपति भन्दा त राजा नै ठिक भनिरहेका छन्, कहिले पार्टीभित्र ४९ जनालाई मन्त्री बनाउनु पर्ने विषयमा जिकिर गरिरहेका छन् भने, अहिले आएर आफ्ना कार्यकताहरुलाई राजनीतिक वैमन्सयताको जवाफ भौतीक रुपमा दिन आग्रह गरिरहेका छन ।

पछिल्लो समय माधव कुमार नेपाल नेतृत्वको नेकपा एस समेत आफैले बनाइदिएको पार्टी हो भनेर अभिव्यक्ति दिएपछि दाहाल थप चर्चामा आएका छन् । हुदा हुदै प्रचण्डले चितवनमा ओलीले राखेका राम सिताका मुर्ती भत्काइदिने सम्मका अभिव्यक्ति आश्चर्यजनक रुपमा हेरिएको छ । यस्ता अभिव्यक्तिले पुर्व प्रधानमन्त्री प्रचण्डको उचाइ कति बढ्छ होला?

यता प्रमुख प्रतिपक्षीदल दल नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीका अभिव्यक्तिहरु पनि लगतार प्रचण्ड र माधव कुमार प्रति लक्षित छन् । कम्युनिष्ट नेताहरुले एक अर्कालाई ठिक पार्ने चेतावनी किन दिइरहेका छन् । उनीहरुले कसलाई तर्साउन खोजेको हो ? प्रश्न अनुत्तरित छ ।

माधव कुमार नेपाल एमालेबाट अलग भएर नेकपा एसको अध्यक्ष भइसकेका छन् । उनले यो समय आफ्नो संठन निर्माणमा खर्चनु पर्ने हो । तर उनको महत्वपुर्ण समय एमालेको प्रतिको आक्रोसमै खर्च भइरहेको छ ।

देश अहिले गम्भिर मोडमा पुगेको प्रति ध्यान दिन नसक्ने नेताहरुले आफ्ना हरेक कार्यक्रममा आफ्नै समकालीन नेताहरुप्रति व्याग्य गर्ने देखि एक अर्काको खोइरो खन्ने काम गरिरहेका छन् । यो कति जायज हो ? के यी पूर्व प्रधानमन्त्रीहरुलाई देशप्रति कति पनि चिन्ता छैन ? वा उनीहरु जुन सुकै हालतमा पनि जनताले आफुलाई काधमा बोक्नुको विकल्प छैन भनेर आत्मारतिमा रमाइरहेका छन् ।

किनकि देश र जनता समस्यामा रहेको वेला नेताहरुले सिन्चो भाच्न सकेका छैनन् । आसेपासेहरुके झुण्ड र परिवारवादमा रमाइरहेका नेताहरुलाई कहाँ कस्तो ठाउमा के बोल्दै छु ? मैले प्रयोग गरिरहेका शब्द सभ्य समाजलाई पाच्य हुन्छ कि हुदैन । मेरो धरातल के हो ? जनतामा किन आक्रोस बढेको छ ? मैले देश र जनता प्रति जवाफदही हुनु पर्छ भन्ने सामान्य हेक्का समेत छैन ।

नेताहरुमा पदीय दरिद्रता छ । सत्ता बाहिर बस्यो कि विचलन आइहाल्छ । सत्तामा जानका लागि हरेक हत्कण्डा उपनाइरहेका छन् । त्यसैको उपज हो देशको नेतृत्व गरिसकेका नेताहरु वेला वेलामा बहकिने गरेका छन् । नेताहरुले बुझर्ने कुरा के छ भने, जनता धेरै चलाख भइसकेका छन् । नेताहरुको बाहुबलको पराक्रम कसैले रुचाउदैनन् । हिजो र आजको अबस्थामा आकाश जमिनको फरक छ । देश र जनताले सबल नेतृत्व क्षमता भएका व्यक्ति खोजिरहेको छ ।

वर्तमान अबस्थामा रहेका कुनै नेता प्रति पनि जनताको खास आक्रषण छैन । त्यसैले नेताहरुले आफुलाई विकल्प रहित रुपमा बुझदा भोली ठूलो मुल्य चुकाउनु पर्ने हुन सक्छ । राजनीतिक जुहारि होइन परिवेश अनुसर देश र जनताको बारेमा गम्भिर हुन सक्ने खाचो छ । नेताहरुले आत्मा समिक्षा गर्ने वेला भयो कि ?

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);