उच्च मनोबलसहितको कटिबद्ध सैनिक फौज निर्माण गर्नुपर्छ : प्रधानसेनापति शर्मा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

उच्च मनोबलसहितको कटिबद्ध सैनिक फौज निर्माण गर्नुपर्छ : प्रधानसेनापति शर्मा

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको फौज सुदृढीकरणमा जोड दिएका छन् ।

जंगी अड्डास्थित सगरमाथा हलमा बुधबारदेखि आयोजित दुई दिवसीय प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै सेनापति शर्माले सेनाको क्षमता अभिवृद्धिमा जोड दिए । तालिम तथा कल्याणकारीमा जोड दिई उच्च मनोबलसहितको कटिबद्ध फौज निर्माण गर्नुपर्ने उनले बताए ।

सैनिक जनसम्पर्क निर्देशनालयकाअनुसार बैठकमा भएका प्रस्तुतिकरण र उठान भएका बिषयवस्तुमाथि भएको गहन छलफल तथा आपसी अन्तर्क्रियाबाट राय सुझाव प्राप्त भएका छन् । जसले सेनाको नीति निर्माण तथा भावी योजना तर्जुमा गर्न उपयुक्त दिशानिर्देश गर्ने विश्वास लिइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);