एनजीओ आइएनजीओको सक्रियताप्रति सेनापति शर्माको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एनजीओ आइएनजीओको सक्रियताप्रति सेनापति शर्माको चेतावनी

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले सुरक्षा क्षेत्रमा एनजीओ र आइएनजीओहरुको सक्रियतातर्फ संकेत गर्दै चेतावनीयुक्त अभिव्यक्ति दिएका छन् । उनले त्यस्ता संस्थाका नाममा नेपाली सेनाबारे अनर्गल प्रचार देखि संख्याबारे समेत निर्देशन दिने प्रकारका गतिविधि र अनर्गल प्रचार भइरहेकोलाई गम्भीरतापूर्वक लिएको सन्देश दिए ।

आज बिहिवार गण्डकी प्रदेशको राजधानी पोखराको फूलबारीस्थित पश्चिम पृतना हेडक्वार्टरको प्रदेशस्तरीय भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्दै सेनाको संख्याबारे आइएनजीओ र एनजीओमा बसेर स्वघोषित सुरक्षाविज्ञका रुपमा निर्देशन नगर्न चेतावनी दिएका हुन् ।

नेपाली सेनाको राइट साइजिङ हुनुपर्छ भन्ने नचाहिंदा कुराहरु प्रकाशित नै हुन थालेको बताए । उनले भने, आफ्नो कार्य र जिम्मेवारी पूरा गर्न नेपाली सेना के कति चाहिन्छ भन्ने नेपाल सरकारले निर्धारण गर्छ । न कि कुनै एनजीओ आइएनजीओमा बसेर स्वघोषित सुरक्षा विज्ञले गर्ने होइन ।

कसैको इशारामा बाहिरी इशारामा नेपाली सेनाको संख्याबारे बारम्बार बोलिरहेको भन्दै निर्देशन नगर्न चेतावनी दिए । सेनापति शर्माले नेपाली सेनाले संविधान सम्मत निर्वाह गरिरहेको जिम्मेवारीका बारेमा बेला मौकामा कुनै वर्ग र केही त्यसका अंशियारहरुले दुष्प्रचार गर्ने नियतले अनर्गल गाली र त्यस्ता प्रचारहरु हुने गरेको भन्दै सचेत हुन आग्रह गरे ।

पछिल्लो समय सेनापति शर्माले नेपाली सेनाको संख्या घटाउन आइरहेका केही सुरक्षाविज्ञका सुझावको आलोचना गर्दै आएका छन् । उनले सुरक्षा क्षेत्रमा एनजीओ र आइएनजीओको सक्रियताको समेत आलोचना गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);