राजनीतिमा असफल वर्तमान पुस्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

राजनीतिमा असफल वर्तमान पुस्ता

देश विकासले किन गति लिएन ? यो जन जनको प्रश्न हो। पछिल्लो ३० बर्ष देसमा सिमित नेताहरुले मात्र शासन गरेका छन ।

उनीहरुबाट देस परिवर्तन हुन्छ कि भन्ने ठूलो आशा थियो। जनताको दैनिकिसँग जोडिएका विषय देशको नेतृत्वले समबोधन गर्न सकेन । देसमा रहेको व्यवस्थालाई समेत सस्थागत गर्न नसक्ने नेतृत्व कहि भविष्यका लागि बोझ बन्ने त होइन? यस विषयमा गम्भिर ढंगले बहस हुनु पर्ने देखिएको छ ।

पछिल्लो समय राजनीतिक वृतमा धेरै गरिने प्रश्न हो किन असफल भए शासकहरु भन्ने। झण्डै ३० बर्ष देखि सिमित नेताहरुले आलो पलो गरि सत्ताको बागडोर सम्हालेका छन। पंचायती व्यवस्था नै सबै समस्याको जड हो भन्ने नेताहरुले प्रजातन्त्र पुनर्स्थापनापछि पनि ठोस प्रगती गर्न सकेनन।

यहाँ सम्म कि दलहरू भित्र नै आन्तरिक लोकतन्त्र स्थापना हुन सकेन। अहिले एकातीर राजनीतिक अस्थिरता छ अर्को तर्फ सामाजिक उत्तेजना बढेको छ। जातीय सद्भाव बिथोलिएको छ। नेपाली समाज भड्काउने प्रयाप्त प्रयास जारी छन। नेपालको राजनीतिक नेतृत्वसँग असन्तुष्ट हुनुपर्ने कयौ कारण छन। धुमलिएको नेपाली राजनीति कसरी रुपान्तरण होला आजको मुल प्रश्न हो।

राजनीतिमा दोस्रो पुस्ताले हस्तक्षेप गर्नु पर्छ भन्ने माग पनि जबरजस्त रुपमा उठेको छ। तर विडम्बना के छ भने, दोस्रो पूस्तासँग पनि देस र जनताका लागि ठोस एजेण्डा छैन। फोहोरी खेलाडीहरुले भरिएको नेपाली राष्ट्रिय राजनीति सफा गर्न दशकौ लाग्ने देखिएको छ। त्यसैले होला नेपाली राजनीति डरलाग्दो गरि असफलताको चक्रमा फसे भान हुन थालेको छ।
तीस बर्षमा व्यास्थापिका, कार्यकालिका र न्यायपालिका समेत सस्थागत सकेन।

न्यायपालिका राजनीति गर्ने थलो बनेको छ, कार्यपालिका भागबण्डाको खेलमा रुमलिएको छ। व्यवस्थापिका अराजक हर्कत गर्ने नेताहरुको झुण्डमा परिणत भएको छ। शक्ति पृथकीकरणका प्रमुख तीन अंगको यस्तो रमिता हेर्न जनता बाध्य छन। सुशासन र भ्रष्ट्राचारका कुरा चुनावी घोषणा पत्रमा सिमित बन्दा देश विकास उदेक लाग्दो अबस्थामा छ।

जता ततै बलात्कार जस्ता जघन्य अपराधका घटना दिनहु घट्दा दोषिलाई कानुनी कठघरमा उभ्याउन सकिएको छैन। देसभित्र भएका उद्योगहरु राजनीतिक दल र तीनका नेताहरुले बेचेर खाए अहिले नुन देखि सुन सम्म आयात गर्नु परेको छ। विधि विधानका कुरा भाषणमा सिमित बन्दा आज राष्टियता सबै भन्दा कमजोर अबस्थामा पुगेको छ। नेपाल विदेसीहरुको चलखेल गर्ने अखडा बनेको छ।

सिमा क्षेत्रमा बस्ने जनताले छिमेकीको हेपाह र ज्यादती सहनु पर्ने अबस्था छ। समग्रमा भन्दा राष्ट्रिय राजनीति नै अस्थिरताको भुमरीमा फसेको छ। सानो तीनो भागबण्डा नमिलेकै आधारमा राजनीतिक दलहरु फुट्ने गरेका छन। नेताहरुको व्यवस्थापन गर्न एउटै पार्टीभित्र आधा दर्जन सम्म अध्यक्ष बनाउने राजनीतिक दल नेपालमा मात्र होलान।

जनतालाई विदेस पठाएर देसलाई परनिर्भर बनाएका नेताहरुदे संवैधानिक आयोग नियोगलाई निकम्मा तुल्याउका छन। देसभित्र किसानले मल पाउदैनन, व्यापार व्यवसाय गर्न बैंकहरुले ऋण दिदैन। नेताहरुमा जे गरे पनि हुन्छ भन्ने स्वेच्छाचारीता छ।

दुनिया हसाउने गरि केन्द्र देखि प्रदेस हुदै स्थानीय तह सम्म सत्ताको लुछाचुँडीमा उद्धत नेताहरुले देश र जनता चौतर्फी रुपमा आक्रान्त हुदा पनि जनताको पक्षमा काम गर्न सक्दैनन। राज्यका हरेक निकायमा सरकारी स्रोत साधनको चरम दुरुपयोग भइरहेको छ। आलोपालो गरि राज्यको सम्पतीमा सिमित नेता र तीनका आसेपासेहरुले रजगज गरिरहेका छन। राजनीतिक दलभित्र निष्ठावान व्यक्ति टिक्न नसक्ने अबस्थामा छ।

पार्टीका महाधिवेशन देखि आम निर्वाचन सम्म टिकट किनवेच राजनीतिक दलका लागि सामान्य बनेको छ। समावेसी समानुपातिक सिद्धान्तको धज्जी उडाउदै पदहरु किनवेचको विषय बनाएका नेताहरु देस र जनता प्रति जवाफ देहि छैनन। उनीहरुले जारी गरेको नेपालको नयाँ संविधानलाई आफु अनुकुल व्याख्या गरेर संविधानको समेत चरम दुरुपयोग भइरहेको छ।

आफ्ना नागरिक काम खोज्न विश्व श्रम बजारमा भौतारिएको वेला नेताहरु भने आत्मानिर्भरताका ठुला ठुला कुरा गरेर आत्मारतिमा रमाएका छन। झण्डै ३० बर्ष देखि आलो पालो सरकारमा रहेकाहरु आफु त असफल भए साथै उनीहरुले देस र जनतालाई समेत सयौ बर्ष पछि धकेलेका छन।

यो पुस्ताले न देस बनाउन सक्यो न देस बनाउने जग बसाल्न सक्यो। एकले अर्कोलाई घोचपेच गर्नुमै दशकौ विताएका नेताहरुको बोल्ने भाषा समेत तल्लो स्तरको छ। त्यसैले होला वर्तमान पुस्ता भविष्यका लागि समेत बोझ हुने देखिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);