काठमाडौँ ।
नेपाली काँग्रेसका राष्ट्रिय सभाका प्रमुख सचेतक कृष्णबहादुर रोकायले संघीय संसदमा खोजी भईरहँदा पनि प्रधानमन्त्री बालेन्द्र साहको चुपचाप बसेको भन्दै आपत्ति जनाउनुभएको छ ।शुक्रवार राष्ट्रिय सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उहाँले प्रधानमन्त्री साहले नबोलेर नै देशलाई चमत्कारिक रुपमा बदल्ने अठोट लिएको भन्दै कटाक्ष समेत गर्नुभयो ।
संसदमा खोज्दा पनि प्रधानमन्त्री चुपचाप रहनु भएकोमा प्रमुख सचेतक रोकायको असन्तुष्टि थियो । उहाँले प्रधानमन्त्री साहले बोल्ने फुर्सद नै नभएको जस्तो गरेको टिप्पणी समेत गर्नुभयो । त्यस अवसरमा प्रमुख सचेतक रोकायले क्यान्सर उपचारका लागि अभाव भएका औषधिहरुको तत्काल व्यवस्था गर्न पनि सरकारलाई सचेत गराउनु भयो ।




