राष्ट्रपतिद्वारा सरकारको नीति तथा कार्यक्रम प्रश्तुत भईरहँदा प्रधानमन्त्री साह संसदबाट बाहिरिएको घटनाप्रति काँग्रेसको आपत्ति, संसदमा जवाफ दिन माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८३, मंगलबार

राष्ट्रपतिद्वारा सरकारको नीति तथा कार्यक्रम प्रश्तुत भईरहँदा प्रधानमन्त्री साह संसदबाट बाहिरिएको घटनाप्रति काँग्रेसको आपत्ति, संसदमा जवाफ दिन माग

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा संसद बैठक बाहिर निस्किएको घटनाबारे तत्काल जवाफ दिन प्रधानमन्त्री बालेन्द्र साहसँग माग गरेको छ ।
मंगलवार बसेको प्रतिनिधिसभा बैठकको शुरुमा नै बोल्दै उक्त पार्टीकी प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्री साहले संवैधानिक संस्कार, संसदीय परम्परा विपरित गैरजिम्मेवार ढंगले राष्ट्रपति जस्तो गरिमामय पदको समेत अपमान हुनेगरी बैठक कक्षबाट बाहिरिएको घटना लोकतान्त्रिक संसदीय इतिहासमा नै विरलै घटने घटनाको रुपमा चित्रण गर्दै तत्सम्बन्धिमा तत्काल संसदमा जवाफ दिन माग गर्नुभएको हो । उहाँले प्रधानमन्त्री साहलाई संवैधानिक पदको सम्मान गर्न,संसदीय परम्परालाई कमजोर नबनाउन र भविष्यमा यस्ता घटनाको पुनरावृत नगर्न पनि सचेत गराउनु भयो । प्रमुख सचेतक थापाले संवैधानिक पदहरुको मर्यादाको ख्याल गरेर अघि बढ्न पनि प्रधानमन्त्री साहको ध्यानाकर्षण गराउनु भयो ।
उहाँले भन्नुभयो,‘लोकतान्त्रिक संसदीय इतिहासमा सायद विरलै देखिने दृश्य हिजो हामीले देख्यौ । सम्माननीय राष्ट्रपतिज्युबाट सरकारको नीति तथा कार्यक्रम प्रश्तुत भईरहँदा सम्माननीय प्रधानमन्त्रीज्यू सदनबाट बाहिरिनु यो केवल एउटा सामान्य दृष्य मात्रै होइन, यो संवैधानिक संस्कार, संसदीय परम्परा, सरकारको गैरजिम्मेवार हो भन्ने हामीलाई लागिराखेको छ । त्यसैले म सरकारलाई आग्रह गर्न चाहन्छु–यस विषयमा तत्काल स्पष्ट जवाफ दिइयोस् । संवैधानिक पदको सम्मान गरियोस । संसदीय परम्परालाई कमजोर नबनाईयोस । र, भविष्यमा यस्ता घटनाको पुनरावृत नहोस । लोकतन्त्रमा पद भन्दा ठूलो मर्यादा भन्दा ठूलो जनविश्वास हो भन्ने कुरामा ध्यान जाओस । प्रतिपक्ष दलको तर्फबाट सम्माननीय सभामुखमार्फत सम्मानीय प्रधानमन्त्रीज्युको जवाफको माग गर्दछु ।’
प्रमुख सचेतक थापाले पदभन्दा ठूलो मर्यादा र मर्यादा भन्दा ठूलो जनविश्वास हो भन्ने तथ्यलाई स्वीकार गरेर अघि बढन पनि प्रधानमन्त्री साहलाई सुझाव दिनुभयो ।

Leave a Reply

ताजा समाचार