काठमाडौं ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापाले गणेश नेपाली मृत्य प्रकरणमा मौनता साँधेको भन्दै प्रधानमन्त्री बालेन्द्र साहप्रति आक्रोश व्यक्त गर्नुभएको छ । शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले एक जना युवाले पेट्रोल छर्केर आत्मादाह गर्दा पनि किन मौनता साँधेको ? भनेर प्रधानमन्त्री साहलाई प्रश्न पनि गर्नुभयो । प्रमुख सचेतक थापाले सरकारको आतंकका कारण नेपालीले आफनो शरीरमा आगो लगाउँदा पनि उपचारका लागि एम्बुलेन्सको समेत व्यवस्था नगरेर सरकारले अपराधिको जस्तो व्यवहार गरेको आरोप समेत लगाउनु भयो ।
एउटा नागरिकले आफनो शरीरमा आफैँले आगो लगाउनुपर्ने हृदयविदारक घटना घट्दा पनि सरकार गम्भिर नभएको प्रमुख सचेतक थापाले गुनासो गर्नुभयो ।प्रमुख सचेतक थापाले नागरिकको सुरक्षाको विषयमा सरकारले कुनैपनि ठोस कदम चाल्न नसकेको जिकिर पनि गर्नुभयो ।




