ओलीलेले गरेका संविधान प्रतिकूल कदमका कारण समर्थन फिर्ता भयो : देव गुरुङ | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

ओलीलेले गरेका संविधान प्रतिकूल कदमका कारण समर्थन फिर्ता भयो : देव गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएसंगै सरकारले गरेका गलत कामका कारण सरकारलाई दिएको समर्थन फिर्ता लिएको माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बताएका छन् ।

प्रमुख सचेतक गुरुङले प्रधानमन्त्रीका एकपछि अर्का गर्दे संविधान प्रतिकूल कदमहरूले राष्ट्रियता, लोकतन्त्र, जनजीविका लगायतका मुद्दामा गम्भीर खतरा पैदा गर्दे अन्तत् राष्ट्रिय स्वाधीनताकै मुद्दामा समते गम्भीर खतरा पार्ने काम गर्दे गएकाले पूर्णरुपमा समर्थन फिर्ता लिएको बताएका हुन् ।

गुरुङले प्रधानमन्त्रीले असंवैधानिक कामकारवाही धेरै गर्दै जानुभयो । लोकतान्त्रिक मूल्यमान्यताको उलंघन गर्नुभयो । संसद भंग गर्नुभयो । सर्वोच्च अदालतले असंवैधानिक भनेर ठहर गर्दा पनि उहाँले राजीनामा दिन अटेर गर्दे बस्नुभयो, यो नै प्रधानमन्त्री ओलीको ठूलो गल्ती भएको तर्क गरेका छन् । उनले भने, त्यतिमात्र नभई फागुन २३ गते सर्वोच्च अदालतले दल समेत विभाजन गराउको स्मरण समेत गराएका छन् ।

गरुङले भने , ३० दिन भित्रमा विश्वासको मत लिनुपर्ने त्यो पनि प्रधानमन्त्री लिन सक्नुभएन । प्रधानमन्त्री ओलीका सवै खाले रवैया हेर्दा देशले निकाश पाउने खालको नभएपछि समर्थन फितार्का कुनै बिकल्प नभएको सचेत गुरुङको तर्क रहेको छ ।

सचेत गुरुङले भने, प्रधानमन्त्री ओलीले एकपछि अर्कोे गर्दे संवैधानिक परिषद्का अध्यादेशहरू जारी गर्ने र अध्यादेश मार्फत् सरकार सञ्चालन गर्न खोज्ने, सदनलाई निश्कृय बनाउँदै लैजाने प्रकारको रवैयाको साथै नियमित अधिवेशन बोलाउनुपर्ने बेलामा विश्वासको मतका नामा अधिवेशन डाक्नु अन्य दलहरुलाई मान्य नहुने समेत गुरुङले बताए ।

संविधानका कुनै पनि धारा उपधारमा सरकारले विशेष अधिवेशन डाक्ने व्यवस्था नभएको भन्दै सचेतक गुरुङले प्रधानमत्रीले चालेका संविधान प्रतिकूलका कदमका कारण लोकतन्त्रनै धरामा पर्ने खतरा भएको बताए ।

प्रधानमन्त्री ओलीले अति गर्दा गर्दे अनत्यनै गर्ने सम्मको हर्कतका कारण आज यो परिस्थितिको सृजना भयो र अनत्यमा सरकारलाई दिदै आएको समर्थन आजका मितिबाट लागूहुने गरी फिर्ता लिएको सचेत गुरुङको भनाई थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);