संसद अधिवेशन अलोकतान्त्रिक, निरंकुश र स्वेच्छाचारी कदम, माओवादी केन्द्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

संसद अधिवेशन अलोकतान्त्रिक, निरंकुश र स्वेच्छाचारी कदम, माओवादी केन्द्र

maobadi kendra

काठमाडाैं । नेकपा माओवादी केन्द्रले सरकारले संसद अधिवेशन अन्त्य गर्नु अलोकतान्त्रिक कदमको अभिव्यक्ति भएको जनाएको छ । पेरिसडाँडामा मंगलबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले अस्वभाविक ढंगले हठातमा संसद अधिवेशन अन्त्य भएकोमा पार्टीको गंम्भिर ध्यानकर्षण भएको बताएको छन ।

त्यस्तै उनले फरक प्रसंगमा केपी ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको भनेर लिखित जवाफ दिनमात्र बाँकी रहेको बताएका छन । उनले भने सरकारलाई कुनै पनि कोणबाट समर्थन गरेर अगाडि बढाउन नसकिने तर्क गरेका छन । उनले यदि संसद विघटन भएर मुलुक चुनावमा गए वैधानिकपमा हुने चुनावको पक्षमा आफूहरु रहेको बताउँदै ज्ञानेन्द्रले पनि चुनाव घोषणा गरेको प्रसंग उठाउँदै उनले भने ‘दुई प्रकारको चुनाव हुन्छ ।

संविधान अन्तर्गतको चुनाव र लोकतन्त्रको अभ्यास अन्तर्गतको चुनाव । त्यस्तो चुनावको पक्षमा आफूहरु संविधान विरुद्ध लोकतन्त्रलाई कमजोर पार्ने खालको चुनावको पक्षमा नरहेको दावि गरेका छन । सत्तासमीकरणका लागि कांग्रेस र जसपाले बाहिर जेजे भने पनि आफूहरुलाई के भनेको छ भन्ने कुरा आफूहरुलाई मात्रै थाहा भएको उनको भनाइ थियो । उनले कांग्रेस र जसपासँग सहकार्य गरेर अगाडि बढ्ने समझदारी भएको संकेत गरे ।

कोरोना महामारी नियन्त्रणमा सरकार गम्भीर नबनेको निष्कर्ष निकाल्दै माओवादी केन्द्रले जनचेतना जागरण गर्न पार्टीको सिंगो पंतिलाई परिचालन गर्ने निर्णय गरेको छ । साथै, सरकार आफैले जारी गरेको कोरोना नियन्त्रण सम्बन्धी आचारसंहितालाई उल्लंघन गरेकोमा माओवादीले दुःख व्यक्त गरेको छ । माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधबार दिउँसो १ बजेका बस्ने गरि टुङगिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);