माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौं, १९ चैत ।  नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ ।

पार्टी कार्यालय पेरिसडाँडामा जारी बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने विषय र आगामी रणनीतिका विषयमा छलफल भइरहेको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो समय सरकारलाई दिएको समर्थन छिटै फिर्ता लिने भन्दै दिएको अभिब्यक्तिले पनि आजको बैठकलाई महत्वका साथ हेरिएको छ ।

त्यस्तै बुधबार प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुरूङले पनि प्रधानमन्त्रीले चैत २३ गतेभित्र विश्वासको मत नलिए सरकारको वैधानिकतामाथि प्रश्न उठ्ने बताउनुभएको थियो ।

राजनीतिक रुपमा माओवादी केन्द्र सरकारबाट अलग भइसके पनि उसले अहिलेसम्म समर्थन फिर्ता लिएको छैन । माओवादी केन्द्रले समर्थन फिर्ता नलिएका कारणले पनि नयाँ सत्ता समीकरण अन्यौलमा परेको बताइदै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);