नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौ, १० चैत। नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक सिंहदरवारमा जारी छ । सिंहदरवारमा संसदीय दलको कार्यालयमा बसेको  सो बैठकमा पछिल्लो राजनीतिक अवस्थाका साथै सांगठनिक विषयमा छलफल हुन लागेको हो ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्नेबारे अलमल गरिरहेको बेला बस्न लागेको बैठकलाई महत्वका साथ हेरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई माओवादी केन्द्रले समर्थन कायम राखेकै कारण देखाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्ता समीकरणबारे निर्णय लिन नसकेको बताइरहेका बेला बैठक बसेकोे हो ।

यसअघि फागुन १ र २ मा पार्टीको केन्द्रीय कमिटी बैठक बसेको थियो । उक्त बैठकले बैठकले पछिल्लो राजनीतिक घटनाक्रम र एजेण्डामा निर्णय लिने अधिकार स्थायी कमिटीलाई अधिकार दिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);