माओवादी केन्द्रले लियो सरकारलाई दिएको समर्थन फिर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

माओवादी केन्द्रले लियो सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । माओवादी केन्द्रको आज बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सदनबाट विश्वासको मत लिनका लागि अधिवेशनको आह्वान गरिसकेपछि मात्र माओवादीले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

बुधबार समर्थन फिर्ताको पत्र मार्फत जानकारी दिइने बताइएको छ ।

यसका साथै सरकारले बैठकले प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २७ गते बोलाएको प्रतिनिधिसभाको विशेष अधिवेशनको उद्देश्य राम्रो नरहेको निष्कर्ष निकालेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);