सामूहिक राजीनामा गर्ने छलफलमा जुटे नेपाल पक्ष | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

सामूहिक राजीनामा गर्ने छलफलमा जुटे नेपाल पक्ष

काठमाडाैं । नेकपा एमालेको माधव नेपाल पक्षका सांसद सामूहिक राजीनामा गर्ने छलफलमा जुटेका छन् । २७ वैशाखमा प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने निर्णय गरेसँगै एमालेको सो पक्ष यस्तो निर्णय लिने गरी छलफल अगाडि बढाएको हो । सांसदबाट राजीनामा गर्ने राजनीतिक निर्णयबारेमा छलफल भएको तर टुंगो नलाएको बताइएको छ ।

नेपाल पक्षका सांसदमध्ये कम्तीमा २० जनाले राजीनामा दिएको अवस्थामा विपक्षी गठबन्धनलाई सरकार बनाउन सहज हुनेछ । त्यो अवस्थामा संसदमा २ सय ५१ जना सांसद हुनेछन् । र, कायम रहेको सांसद संख्याको बहुमतले सरकार बनाउने हुन्छ ।

त्यसअनुसार १ सय २८ जना भए बहुमत पुग्छ । त्यसका लागि कांग्रेस–माओवादी गठबन्धनसँग रहेको १ सय ९ सिटमा १९ जना सांसद भए पुग्छ । जसपाको उपेन्द्र–बाबुराम भट्टराई पक्षका १८ सांसद र जनमोर्चाको १ सांसद जोड्दा बहुमत संख्या पुग्न सक्छ ।

सरकार बन्ने अवस्था आउँदा उपेन्द्र यादव पक्षका सांसदको संख्या २२ सम्म पुग्न सक्ने विश्लेषण छ । २७ वैशाखमा विश्वासको मत लिनु ठीकअघि अर्थात् त्यसै दिन बिहान नेपाल समूहका ३० जना सांसदहरूले राजीनामा दिएको अवस्थामा ओलीलाई थप समस्या पर्नेछ ।

३० जनामध्ये ९ जना समानुपातिक सांसद छन् । त्यसैले २७ वैशाखकै बिहान राजीनामा दिएको अवस्थामा ओलीले समानुपातिक सांसदका पूर्ति गर्न सम्भव नहुने भएकाले सोही अनुसारको कदम चाल्ने तयारी भएको बताइन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);