प्रधानमन्त्रीले चाहे एक मिनेटमा समस्या सामाधान हुन्छ : सांसद रावल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

प्रधानमन्त्रीले चाहे एक मिनेटमा समस्या सामाधान हुन्छ : सांसद रावल

काठमाडौं । नेकपा एमालेका प्रतिनिधि सभा सदस्य झपट रावलले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले चाहेमा एमालेभित्रको विवाद एकै मिनेटमा समाधान हुने बताएका छन् ।

‘पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चाहनु भयो भने एमालेको समस्या एक मिनेटमा सामाधान हुन्छ’–सांसद रावलले भने । ‘पार्टी एकता प्रधानमन्त्रीले चाहनुभएको छैन, उहाँ पार्टीमा हामीलाई देख्न चाहानुहुन्न, हाम्रो माग केही पनि छैन, पूर्ववत् अवस्थामा पार्टीलाई लैजाऊँ भन्ने मात्र हो’ – रावलले भने ।

एमाले नेपाल पक्षका रावलले प्रधानमन्त्रीले सिँगो पार्टीलाई ध्वस्त बनाउन खोजेको आरोप लगाएका छन् । रावल भन्छन्– ‘उहाँले हामीलाई भोटे ताल्चा लगाएर टाढाबाट पनि नहेर भन्दै हुनुहुन्छ, हामी एकताका साथ अगाडि बढौँ भनेर लागिरहेका छौँ, पार्टी अध्यक्षले ढोका लगाउनु भएको छ, अहिलेको लडाई यही हो’

केही बिचौलियाले गर्दा पार्टी बिग्रिएको आरोप रावलको छ । रावलले भने– ‘मन्त्रीको जागिर खान आएकाले उहाँको साथ छोड्दैनन् भन्ने के छ र ?’

अन्तिम अवस्थासम्म पनि आफूले पार्टी एकताको लागि पहल गर्ने सांसद रावलको भनाई छ । ‘२७ गते दिउँसो १ बजेदेखि प्रतिनिधि सभाको बैठक छ, १२ः४५ बजेसम्म सहमति गर्ने समय छ, त्यती बेलासम्म पनि हामी प्रयास गर्नेछौँ ।’

प्रधामन्त्रीले समस्या समाधान नगरे सामूहिक राजीनामा दिने तहसम्म पुग्नु पर्ने अवस्था आउने रावलले बताए । ‘राजीनामा दिएर समस्या सामाधान त हुँदैन, तर हाम्रो अन्तिम विकल्प त्यही हो, हामीलाई सबै ठाउँमा जिम्मेवारविहीन पारेपछि सांसद पदले पनि के गर्नु’ – उनले जानकारी दिए । लगातार छलफल र बहस भए पनि समाधान निस्कन नसकेको उनको भनाई छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);