प्रधानमन्त्रीले हामीलाई स्पष्टीकरण सोध्नु लाजमर्दाे : रावल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रधानमन्त्रीले हामीलाई स्पष्टीकरण सोध्नु लाजमर्दाे : रावल

काठमाडौं, १० चैत । नेकपा एमालेका उपाध्यक्ष भिम रावलले पार्टी विधानको निरन्तर उल्लंघन गरेकाहरुले आफूहरुलाई स्पष्टीकरण सोध्नु लाजमर्दो भएको टिप्पणी गरेका छन् ।

मंगलबार एमालेका नेपाल खनाल पक्षीय विद्यार्थीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता रावलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई स्पष्टीकरण सोध्नु लाजमर्दाे भएको टिप्पणी गरेका हुन् ।

पार्टी अनुशासनविपरीत काम गरेको भन्दै ७ चैतमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले नेता नेपालसहित चारजना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

उक्त निर्णय अनुसार सोमबार नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई बेग्ला–बेग्लै स्पष्टीकरण माग पत्र पठाइएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);