माधव नेपाल पहिलो पटक पार्टी कारवाहीमा, स्पष्टीकरण पत्र थमाईयो | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

माधव नेपाल पहिलो पटक पार्टी कारवाहीमा, स्पष्टीकरण पत्र थमाईयो

काठमाडौं, ९ चैत । नेकपा एमालेको केन्द्रीय कमिटीको निर्णय अनुसार वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई स्पष्टीकरण मागिएको छ ।

पार्टी केन्द्रीय कार्यालयले नेता माधवकुमार नेपालसहित, सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसाललाई स्पष्टीकरण माग सहितको पत्र पठाएको हो । पार्टी केन्द्रीय कार्यालयका एक कर्मचारीका मार्फत् चारै नेतालाई पत्र पठाइएको पार्टी कार्यालयले जनाएको छ ।

नेता नेपाल र पाण्डेको पत्र उनीहरुका स्वकीय सचिव क्रमश नितेश पौडेल र सन्जिव पाण्डेले बुझेको स्रोतले बताएको छ । नेता भीम रावलले भने स्पष्टीकरणपत्र बुझ्न अस्वीकार गरेको बताइएको छ । त्यसैगरी भुसालसँग भने सम्पर्क हुन नसकेकाले पत्र बुझाउन बाँकी रहेको पार्टी कार्यालयले जनाएको छ ।

गएको शनिबार बसको एमाले केन्द्रीय कमिटीको बैठकले नेपाल लगायतका नेताहरुसँग स्पष्टीकरण माग्ने निर्णय गरेको हो । पार्टीविरुद्ध गुटबन्दी गरेको भन्दै पार्टीले चार नेताहरुलाई स्पष्टीकरण सोधेको हो ।

स्पष्टिकरणपत्र माग पत्रमा ती अभियोगमाथि चित्त बुझ्दो स्पष्टीकरण तीन दिनभित्र पेश गर्न भनिएको छ । विगतमा १५ बर्ष पार्टी नेतृत्व गरेका नेपाललाई भने यस्तो कारवाही पहिलो हो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);