काला सागरमा नागरिक समुन्द्री यातायातको सुरक्षामा राष्ट्रपति एर्दोगानको जोड | ईमाउण्टेन समाचार

Our Network

भदौ १७ २०८३, बिहीबार

काला सागरमा नागरिक समुन्द्री यातायातको सुरक्षामा राष्ट्रपति एर्दोगानको जोड

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले काला सागर (ब्ल्याक सी) मा नागरिक समुन्द्री यातायातको सुरक्षा सुनिश्चित गर्नु अत्यन्त महत्वपूर्ण रहेको बताउनुभएको छ । किर्गिस्तानको बिस्केकमा आयोजित साङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलन २०२६ मा सहभागी भई स्वदेश फर्कने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रपति एर्दोगानले यस्तो धारणा व्यक्त गर्नुभएको हो । टर्कीको अर्ध–सरकारी समाचार एजेन्सी अनादोलुकाअनुसार उहाँले जहाजमै उक्त अन्तर्वार्ता दिनुभएको थियो । राष्ट्रपति एर्दोगानले विभिन्न पक्षहरूबीच उत्पन्न हुने द्वन्द्वले सर्वसाधारणको सुरक्षा र व्यावसायिक गतिविधिलाई असर गर्ने अवस्था सृजना हुन नहुनेमा जोड दिनुभयो । द्वन्द्वका कारण व्यापारिक मार्ग र नागरिक आवागमनमा अवरोध पुग्न नहुने उहाँको भनाइ थियो । पछिल्ला महिनाहरूमा काला सागरमा टर्कीसँग आबद्ध व्यापारिक जहाजहरूमा भएका केही घटनाहरूपश्चात् राष्ट्रपतिको यस्तो टिप्पणी आएको हो । टर्कीले काला सागरमा सुरक्षित र निर्बाध व्यावसायिक नौवहनको आवश्यकतालाई अन्तर्राष्ट्रिय मञ्चहरूमा निरन्तर उठाउँदै आएको छ ।

Leave a Reply