राष्ट्रपति भण्डारी ढाकामा, बंगलादेशको स्वतन्त्रताको स्वर्ण जयन्तीमा सरिक हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

राष्ट्रपति भण्डारी ढाकामा, बंगलादेशको स्वतन्त्रताको स्वर्ण जयन्तीमा सरिक हुँदै

Presedent Bidya Devi Bhandari

काठमाडौं, ९ चैत। राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुई दिने राजकीय भ्रमणका क्रममा ढाकामा पुगेकी छिन् ।

राष्ट्रपति भण्डारी सवार नेपाल एयरलाइन्सको उडान नम्बर आर ए ००१ ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी दुई दिवसीय भ्रमणका लागि आज ढाका गएकी हुन् ।

विमान स्थलमा राष्ट्रपति भण्डारीलाई बंगलादेशी समकक्षी अब्दुल हमिदले स्वागत गरेका थिए । राष्ट्रपति भण्डारीको स्वागतमा बंगलादेशका विदेशमन्त्री लगायतका मन्त्रीहरुको उपस्थिति रहेको थियो । त्यस क्रममा राष्ट्रपति भण्डारीको सम्मानमा बंगलादेशी सेनाले गार्ड अफ अनरसहित २१ तोपको सलामी दिएको थियो ।

राष्ट्रपतिलाई विदाई गर्न उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री इश्वर पोखरेललगायत एमाले नेताहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

बंगलादेश स्वतन्त्रताको स्वर्ण जयन्ती तथा बंगलादेशका संस्थापक शेख मुजिबवुर रहमानको शतवार्षिकी जन्मजयन्तीमा आयोजना हुने विशेष कार्यक्रममा राष्ट्रपति भण्डारी सहभानी हुनेछिन् ।

भ्रमणको अवसरमा राष्ट्रपतिले नेपाल र बंगलादेशको सम्बन्ध र बंगलबन्धुको जन्म शताब्दीको बारेमा सम्बोधन गर्ने कार्यक्रम छ । राष्ट्रपतिको सम्मानमा नेपाली दूतावासको आयोजना हुने दिवा भोजमा त्यहाँ रहेका नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम छ ।

भ्रमण टोलीमा राष्ट्रपति भण्डारीका साथ परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिवलगायत वरिष्ठ अधिकारी तथा सम्बन्धित मन्त्रालयका मन्त्रीसहित ५४ जना सहभागी छन् । राष्ट्रपति भण्डारी यही चैत १० गते स्वदेश फर्कनुहुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);