एक लाख ६५ हजार सदस्यता थप गर्ने तयारीमा वाइसिएल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

एक लाख ६५ हजार सदस्यता थप गर्ने तयारीमा वाइसिएल

काठमाडौं, ९ चैत। नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग वाइसिएलले चैत महिना भित्र एक लाख ६५ हजार सदस्यता थप गर्ने भएको छ ।

प्रत्येक निर्वाचन क्षेत्रमा एक हजारका दरले एक लाख ६५ हजार सदस्यता थप गर्ने निर्णय वाइसीएलले गरेको छ । चैत ४ र ५ गते भएको बैठकले यस्तो निर्णय गरेको बताइएको छ । उक्त बैठकले आगामी जेठ २८ देखि ३० सम्म काठमाडौं राष्ट्रिय भेला गर्ने निर्णयसमेत गरेको छ ।

सो भेलाका लागि इकाई, स्थानीय तह र जिल्ला भेला बैशाखभित्र सम्पन्न गर्ने कार्यतालिका बनाइएको छ भने प्रदेश भेला जेठे २० सम्म गर्ने निर्णय गरिएको छ । यी भेलाहरुबाट राष्ट्रिय भेलाका लागि प्रतिनिधिहरु छनौट गरिने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);