एमाले सम्वद्ध खेलकुद महासंघको राष्ट्रिय भेला हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

एमाले सम्वद्ध खेलकुद महासंघको राष्ट्रिय भेला हुँदै

काठमाडौं । नेकपा एमाले सम्वद्ध नेपाल खेलकूद महासंघले एक करोडलाई सदस्यता दिने भएको छ । पहिलो चरणमा सो संगठनले १२ लाख सदस्य पुराउने भएको छ ।

सो संघको मंगलबारबाट हुने पहिलो कार्यकर्ता भेलाको प्रधानमन्त्री केपी शर्मा आलोले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । ‘खेलकूद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार’ भन्ने नाराका साथ भेला आयोजना हुन लागेको हो । महासंघका संयोजक रमेश पौडेलले पहिलो चरणमा १२ लाखलाई सदस्यता दिन लागिएको जानकारी दिएका हुन् ।

राष्ट्रिय भेलाबारे जानकारी दिन सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार सम्मेलनमा देशभरीबाट एक हजार भन्दा धेरै प्रतिनिधि सहभागी हुनेछन् । महासंघका नेता प्रभातविक्रम कटुवालले बताउनुभए अनुसार यो महासंघले आउँदो आमचुनावमा एमालेलाई देशको नम्बर एक पार्टी बनाउने लक्ष्य राखेको छ ।

कटुवालले राजनीतिमा लागेका व्यक्तिहरुले खेल गतिविधिका माध्यमबाट पनि देश र समाजको सेवा गर्नुपर्ने बताए । संयोजक रमेश पौडेलले खेलकुद महासंघलाई विभाजित गर्ने उद्देश्यले केही व्यक्तिले गतिविधि गरेको बताए ।

एमालेले ०६६ सालमा खेलकुद महासंघ स्थापना गरेको थियो । माओवादीसँग एकीकरण भएपछि यो महासंघ प्राय निष्क्रिय थियो । माओवादीसँगको एकता भंग भएपछि महासंघले पुन गति लिन थालेको हो ।

मदन भण्डारीको जनताको बहुदलीय जनवादलाई प्रमुख आदर्श मान्ने खेलकुद महासंघले वामपन्थी विचार धाराको विकास र विस्तारमा समेत योगदान दिँदै आएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

आइएनए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);