चुनावको तयारीमा जुट्नुस् : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

चुनावको तयारीमा जुट्नुस् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावका लागि तयारी अवस्थामा रहँन नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले सो निर्देशन दिएका हुन्।

बैठकका निर्णय पत्रकारलाई सुनाउँदै एमाले प्रवक्ता एंव परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सो जानकारी दिएका हुन् । ‘कुनैपनि बेला निर्वाचनमा जानुपर्ने अवस्था आउन सक्छ, त्यसैले चुनावका लागितयार भएर बस्न म पार्टीपंक्तिलाई आग्रह गर्छु’– प्रधानमन्त्रीको भनाइ उदृद गर्दै ज्ञवालीले भने । फेरि पनि एमालेलाई देशको पहिलो पार्टी बनाउनेतर्फ प्रधानमन्त्रीको ध्यानकेन्द्रित रहेको ज्ञवालीले बताए ।

पार्टीलाई छिन्नभिन्न पार्न खोज्नेहरुलाई सच्चिएर आउन बैठकले आग्रह गरेको उनले जानकारी दिए । ‘विभाजनकारी गतिविधिमा लागेका साथीहरुलाईती गतिविधिहरु बन्द गरेर पार्टी एकता सुदृढ गर्न, सच्चिएर पार्टीमा आउनफेरिपनि फर्किन आग्रह गरिरहेका छौं, नफर्किए त्यो एउटा कारबाहीको विषय बन्न सक्छ’– ज्ञवालीको भनाइ छ ।

सरकारको आगामी कार्यभारका रुपमा पार्टी संगठन विस्तार,विचार निर्माण र एमालेलाई देशको प्रमुख शक्तिका रुपमा स्थापित गर्ने तथा तीनै तहका सरकार सक्रिय बनाउने निर्णय भएको पनि उनले बताए । महाधिवेशन आयोजक कमिटीको अर्को बैठक वैशाख १० गते बस्नेछ ।

आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);