नेपाल पक्षको चैत ४ र ५ को भेला स्थगित गर्न ओली पक्षको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

नेपाल पक्षको चैत ४ र ५ को भेला स्थगित गर्न ओली पक्षको आग्रह

काठमाडौं, २ चैत। नेकपा एमालेको माधव कुमार नेपाल पक्षले यही चैत ४ र ५ गते बोलाइएको भेला स्थगित गर्न प्रधानमन्त्री केपी शर्मा ओली पक्षले आग्रह गरेको छ ।

सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा ओली पक्षले भेला स्थगित गर्न आग्रह गरेको पार्टीका सचिव प्रदीप ज्ञवालीले सञ्चारकर्मीहरुलाई जानकारी दिएका छन् । नेकपा एमाले ब्युँताउने सर्वोच्चको निर्णयलाई अवसरको रुपमा लिन पर्ने बताउँदै नेता ज्ञवालीले यसतो भेलाले पार्टी एकतालाई बल नपुर्‍याउने बताएका हन् ।

नेपाल पक्षले भने फागुन २८ गते निर्णय खारेज गर्नुपर्ने अडान राखेको छ । फागुन २८ गते नेपाल पक्ष उपस्थित नभएको बैठकमा पार्टी अध्यक्ष ओलीले माओवादीका २३ नेताहरुलाई एमालेको केन्द्रीय सदस्य बनाएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);