बैठकको अन्त्य टर्रो : नेता नेपाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बैठकको अन्त्य टर्रो : नेता नेपाल

काठमाडौं, २ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच भएको वार्ता निष्कर्ष विहिन भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा सोमबार भएको वार्तामा दुवै पक्षले पार्टीलाई एकतावद्ध गर्दै अघि बढाउने प्रतिवद्धता जनाएपनि आ–आफ्ना अडानमा रहेपछि ठोस सहमति हुन नसकेको हो ।

फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि एकिककरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपा पूर्ववत् रुपमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको अवस्थामा पुगेको भन्दै त्यसपछिका निर्णयहरुको प्रभाव शुन्य हुनुपर्ने अडान नेता नेपाल पक्षले राखेको थियो ।

तर २८ गतेको निर्णय खारेज गर्ने पक्षमा ओली नरहेपछि वार्ता सकारात्मक दिशामा अघि बढ्न नसकेको प्रतिक्रिया नेता नेपाल पक्षका नेताहरुले दिएका छन् । वरिष्ठ नेता माधवकुमार नेपालले पुरानै अवस्थामा फर्किऔ भनेर गरेको प्रस्ताव अध्यक्षले स्वीकार नगर्दा बैठकको अन्त्य टर्रो भएको प्रतिक्रिया दिएका छन् ।

नेता घनश्याम भुसालले पार्टीको पूर्ववत् अवस्थामा फर्किऔ भन्ने प्रस्तावमा कुरा नमिलेपछि बैठक कुनै निष्कर्षमा पुग्न नसकेको बताए ।

यस्तै अध्यक्ष ओली पक्षका नेता सुवास नेम्वाङ्गले पार्टी एकतावद्ध गरेर जाने भन्नेमा सबैको एकमत भएपनि पछिल्ला राजनीतिक विषयमा नेताहरुबीच मतान्तर रहेको जानकारी गराए ।

त्यसैगरी महासचिव ईश्वर पोख्रेलले एमालेलाई एकतावद्ध गरेर लैजाने विषयमा छलफल भएको बताए । २८ गतेको निर्णयका सम्बन्धमा संचारकर्मीहरुले राखेको जिज्ञासामा उहाँले अर्याल होटलमा भएका कुरा, ४ र ७ गतेका कार्यक्रमको पनि कुरा आउँछ नि भन्दै नेता नेपाल पक्षले गरेको क्रियाकलापको कुरा उठाएका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);