एमालेमा ओली पक्ष र नेपाल पक्षको अलग अलग बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

असोज २ २०८३, शनिबार

एमालेमा ओली पक्ष र नेपाल पक्षको अलग अलग बैठक बस्दै

काठमाडौं । नेकपा एमाले केपी शर्मा ओली र माधवकुमार नेपाल–झलनाख खनाल दुवै पक्षकाे छुट्टाछुट्टै बैठक आज (बिहीबार) बस्दै छ । 

लामो समय देखि विवादमा रुमलिदै आएको नेकपा एमालेको संस्थापक पक्ष र असन्तुष्ट पक्षकाे अलग अलग बैठक बस्ने भएको छ। ओली पक्षको स्थायी कमिटी बैठक दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ। त्यसैगरी नेपाल पक्षले भने केन्द्रीय समितिको बैठक बोलाएको छ। सो बैठक भने भर्चुअल माध्यमबाट बस्दै छ।

यसअघि नै संस्थापक पक्षले माधव नेपाल, झलनाथ खनाल लगायतका ११ नेताहरुलाई कारबाही गरिसकेको छ। पार्टी एकता जोगाउन दुवै पक्षका नेताहरु छलफल र संवादमा छन्। तर सहमति जुटि नसकेको स्रोतले बतायो। ओली पक्षले माधव नेपाल लगायत कारबाही गरिएका ११ नेता बाहिर राखेर पार्टी एकताको प्रयास गरेको छ।

यता संस्थापन पक्षले भने नेपाल पक्षले बोलाएको केन्द्रीय समितिको बैठक अवैधानिक भएको जनाएको छ। सो पार्टीका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङ्गले एक विज्ञप्ति प्रकाशित गरी यस्तो जनाएका हुन्।

Leave a Reply

ताजा समाचार