एमाले नेपाल पक्षको स्थायी कमिटी बैठक सुरु, केन्द्रीय कमिटी बैठकका लागि एजेण्डा तय गरिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

एमाले नेपाल पक्षको स्थायी कमिटी बैठक सुरु, केन्द्रीय कमिटी बैठकका लागि एजेण्डा तय गरिने

काठमाडौं । नेकपा एमाले नेता माधव कुमार नेपाल पक्षको स्थायी कमिटी बैठक सुरु भएको छ । नेपाल पक्षको केन्द्रीय समिति बैठक बस्न अघि बुद्धनगरस्थित एक बैंक्वेटमा स्थायी कमिटी बैठक बसेको हो ।

नेताहरुका अनुसार बैठकले केन्द्रीय कमिटीको बैठकको एजेण्डा तय गर्ने छ ।

बैठकमा सहभागी हुनका लागि देशभरबाट एमालेका नेपाल पक्षका नेताहरु आएका छन् । यसअघि बुधबार नै बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक उपत्यका बाहिर रहेका नेताहरु आइनपुगेकाले स्थगित गरिएको थियो ।

बैठकमा एमालेभित्रको एकता र भावी रणनीतिका विषयमा छलफल हुने बताइएको छ ।

यसै बैठकले एमाले विभाजन हुने वा एकता हुने विषयमा टुंगो लगाउने नेताहरुले बताएका छन् ।

यसैबीच एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आज बोलाएको बैठकमा सहभागी नहुन अध्यक्ष केपी शर्मा ओली पक्षले अपिल गरेको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले एक विज्ञप्ति जारी गर्दै आज केन्द्रीय कमिटी बैठक नबोलाइएको र माधव पक्षले राखेको बैठक बैधानीक नभएको उल्लेख गरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);