गरिबीको रेखा मुनि रहेका जनतालाई निशुल्क विद्युत उपयोग गर्न दिइने छ: ऊर्जामन्त्री भुसाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

गरिबीको रेखा मुनि रहेका जनतालाई निशुल्क विद्युत उपयोग गर्न दिइने छ: ऊर्जामन्त्री भुसाल

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले गरिबीको रेखा मुनि रहेका जनतालाई निशुल्क विद्युत उपयोग गर्न दिइने बताएकी छन् ।

बिहीबार मन्त्रालयमा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीहरु सँगको छलफलमा मन्त्री भुसालले आफूले गरिबीको रेखा मुनि रहेका जनतालाई निशुल्क विद्युत उपभोग गर्न दिने गरी तयारी अगाडी बढाएको बताईन् ।

विद्युतको घरेलु उपयोग जसले बढी गर्छ उसलाई विद्युत महशुल पनि कम गर्ने गरी आफूले तयारी गरिरहेको उनले जानकारी दिइन् । ऊर्जा मन्त्री भुसालले सबै कृषियोग्य भूमिमा सिँचाई पु¥याउनको निम्ति पनि आफू क्रियाशिल रहने बताइन् ।

सिँचाईको निशुल्क सेवा दिन सके विदेशी तेल खपत गरेर पम्प, मोटर चलाउनुपर्ने अवस्थाको अन्त्य हुने र राष्ट्रिय अर्थतन्त्र बढ्ने उनको तर्क छ । सिँचाइको सुविधा पु¥याएर युवा जनशक्तिलाई कृषिमा आर्कषित गर्ने योजना रहेको उनले उल्लेख गरिन् ।

भुसालले सातै प्रदेशका नदीबाट विद्युत उत्पादनका अध्ययन गरिरहेको पनि जानकारी दिइन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);