नेकपा एसको घोषणापत्र : घरघरमा बिजुली-जनजनमा सेयर, २०० युनिटसम्म विद्युतमा महसुलमा छुट | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

नेकपा एसको घोषणापत्र : घरघरमा बिजुली-जनजनमा सेयर, २०० युनिटसम्म विद्युतमा महसुलमा छुट

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सोमबार एकीकृत समाजवादीले घोषणापत्र सार्वजनिक गरेको हो । उक्त घोषणापत्रमा घरघरमा बिजुली–जनजनमा सेयर’ नीति लागु गर्ने घोषणा गरेको छ ।

साथै तीनै तहको सरकारको सहकार्यमा हरेक घर–परिवारलाई मासिकरूपमा २०० युनिटसम्म विद्युत् महसुलमा छुट दिने तथा गरिबीको रेखामुनि रहेका परिवारलाई विद्युत् लाइन जडान र विजुली उपभोगमा सहुलियत दिन पहल गर्ने पनि सो पार्टीले घोषणापत्रमा समेटेको छ ।

यसबारे ‘ऊर्जा उत्पादनमा वृद्धि : राष्ट्रको आर्थिक समृद्धि’ भन्ने शीर्षकमा उल्लेख गरिएको छ :

घरघरमा बिजुली–जनजनमा सेयर’ नीति लागु गर्दै आकर्षक प्रतिफल दिने जलविद्युत् परियोजनामा जनता र सरकारको संयुक्त लगानी प्रवद्र्धन गर्ने गरिव्यवस्था मिलाइने छ । यस्ता परियोजनामा लगानी गर्न स्वदेश र प्रवासमा रहेकानेपाली नागरिक तथा गैरआवासीय नेपालीहरूलाई प्रोत्साहित गर्ने र निरपेक्ष गरिबीको रेखामुनि रहेका व्यक्तिहरूलाई पनि सेयर उपलब्ध गराउन विशेष वित्तीय व्यवस्था गर्न पहल गरिने छ । नेपालको पूर्ण क्षमता अनुसारको जलविद्युत् उत्पादन गर्न र उत्पादित विद्युत्को उपयोग तथा व्यपारका लागि सरकारी, सहकारी,  निजी क्षेत्रलाई संलग्न गराइने छ । स्वदेशी लगानीमा निर्माण गर्न समय लाग्ने परियोजनाहरू राष्ट्रियहित अनुकुलहुने गरी अन्तर्राष्ट्रिय समुदायलाई निर्माणको जिम्मा दिने व्यवस्था गर्न पहल गरिने छ ।

विद्युत् चुहावट रोक्न र जोखिम न्यून गर्न अत्याधुनिक प्रविधियुक्त सुरक्षित तार उपयोग गर्ने र सहर तथा ग्रामीण क्षेत्रमा प्रयोग हुने सम्पूर्ण विद्युत् प्रसारण लाइन भूमिगत गर्न जोड दिइने छ । ग्रामिण विद्युतीकरणलाई अभियानका रूपमा सञ्चालन गरिने छ । विशेष आर्थिक क्षेत्रहरू तथा उद्योग ग्रामहरूका लागि डेडिकेटेड विद्युत लाइन जडान गरिने छ । आत्मा निर्भर अर्थतन्त्र निर्माण गर्न राष्ट्रिय उद्योगहरूलाई प्रोत्साहन गरी महशुलमा छुट दिने व्यवस्था मिलाइनेछ ।

तीनै तहको सरकारको सहकार्यमा हरेक घर–परिवारलाई मासिकरूपमा २०० युनिटसम्म विद्युत् महसुलमा छुट दिने तथा गरिबीको रेखामुनि रहेका परिवारलाई विद्युत् लाइन जडान र विजुली उपभोगमा सहुलियत दिन पहल गरिनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);