स्थानीय तहको निर्वाचनका लागि एमालेद्वारा घोषणापत्र सार्वजनीक, महत्वकांक्षी योजना समावेस | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

स्थानीय तहको निर्वाचनका लागि एमालेद्वारा घोषणापत्र सार्वजनीक, महत्वकांक्षी योजना समावेस

१८ बैशाख, काठमाडौं । नेकपा एमालेले स्थानीयतह निर्वाचनका लागि पार्टीको घोषणा पत्र सार्वजनिक गरेको छ ।

स्थानीय तहको निर्वाचनका लागि एमालेद्वारा घोषणापत्र सार्वजनीक

१८ बैशाख, काठमाडौं । नेकपा एमालेले स्थानीयतह निर्वाचनका लागि पार्टीको घोषणा पत्र सार्वजनिक गरेको छ ।

सोमबार पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष केपीशर्मा ओलीले पार्टीको घोषणापत्र सार्वजनिक गर्नु भएको हो । एमालेको घोषणापत्रमा पूर्वाधार, कृषि, उद्योग, उर्जा र पर्यटन क्षेत्रको बिकास गरेर मुलुकलाई सम्बृद्ध बनाउने योजना उल्लेख गरिएको छ । पुर्वाधार, कृषी उद्योग, उर्जा, र पर्यटन क्षेत्रको बिकास गरी मुलुकलाई सम्बृद्ध बनाउने योजना घोषणापत्रमा उल्लेख गरिएको अध्यक्ष केपी शर्मा ओलीले जानकारी गराउनुभयो ।

त्यसै गरी घोषणपत्रमा १० बर्षभित्र ५० लाख पर्यटक भित्राइ मुलुकलाई सम्बृद बनाउने लक्ष्य राखेको छ । एमालेले दश बर्षभित्र प्रतिब्यक्ति आय ५ हजार डलर भन्दामाथि पुरायाउने र  नेपाललाई ५ वर्ष भित्र विकासशिल राष्ट बनाउने बताएको छ । गरिबीको रेखामुनी रहेका नागरिकलाई बिशेष परिचयपत्र उपलब्ध गराउने, आगामी १० वर्षमा थप १५ हजार मेगावट बिजुली उत्पादन गर्ने लक्ष्य अघि सारेको छ ।

त्यस्तै घोषणापत्रमा एमालेले सडक रेल र यातायातका क्षेत्रमा पनि योजना अघि सारेको छ । राजमार्ग र रेलमार्ग बनाउदा सुरुङ र उच्च पुल निर्माण प्रविधि अपनाउने बताएको छ । एमालेले आफ्नो गाउँ आफै बनाउँ अभियान लाई तिब्र गतिमा अघि बढाउने प्रतिबद्घता ब्यक्त गरेको छ । त्यसै गरी १० बर्षभित्र गरिबी निबारण गर्ने, राष्ट्रको स्वाभिमानलाई कायम राख्दै कुटनीतिक सम्वन्ध बिस्तार गर्ने लगायतका समाज सुधारका कार्यक्रमलाई पनि एमालेले घोषणापत्रमा समावेस गरेको छ ।

घोषणा पत्रमा समाजिक सुरक्षा भक्ता बढाएर ५ हजार पुराउने, जेष्ठ नागरिक आवास गृह निर्माण गर्ने सुत्केरी आमा र जन्मने शिशुको पोषणका लागि एकमुष्ठ ५ हजार भक्ताको ब्यबस्था गरिएको छ । 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);