सरकारलाई दिएको समर्थन फिर्ता लिने राप्रपाको निर्णय, सरकारसँग बहुमत कायमै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सरकारलाई दिएको समर्थन फिर्ता लिने राप्रपाको निर्णय, सरकारसँग बहुमत कायमै

१८ बैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

सरकारलाई दिएको समर्थन फिर्ता लिने राप्रपाको निर्णय

१८ बैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

सोमबार बसेको राप्रपा कार्यसम्पादन समिति बैठकले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । सरकारबाट फिर्ता भएपनि आसन्न स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सघाउने र पूर्ण रुपमा सहभागी हुने राप्रपाले जनाएको छ ।

प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाइएको विषयमा राप्रपा असन्तुष्ट छ । प्रधान न्यायाधीश विरुद्ध महाअभियोग प्रस्ताव अनुचित, अनैतिक र न्यायिक स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै राप्रपाले यस्तो प्रस्ताव ल्याउने दलहरुसँग सहकार्य हुन नसक्ने भन्दै सरकारबाट फिर्ता हुने निर्णय लिएको प्रवक्ता सुशीलकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

राप्रपा सरकारबाट बाहिरिए पनि सरकारसँग बुहमत कायमै छ । त्यस्तै राप्रपाले पार्टी लाइन विपरित उभिने नेताहरुलाई कारवाही गर्ने निर्णय समेत गरेको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);