केन्द्रसँगै बाग्मती सरकारबाट पनि बाहिरियो राप्रपा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

केन्द्रसँगै बाग्मती सरकारबाट पनि बाहिरियो राप्रपा

काठमाडौं, १४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रसँगै बाग्मती सरकारबाट पनि बाहिरिएको छ । मुख्यमन्त्री शालिकराम जमरकट्टेलसमक्ष खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री उद्धव थापाले शनिबार बेलुका राजीनामा बुुझाएका हुन् ।

थापासँगै पर्यटन, उद्योग तथा सहकारी मन्त्री डम्बरबहादुर तामाङ र वन तथा वातावरण मन्त्री राजु विष्टले पनि राजीनामा बुझाएका छन् । केन्द्रमा पनि राप्रपाका मन्त्रीहरुले प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाएका थिए ।

नेपाली कांग्रेससहितको नयाँ गठबन्धन बनेपछि राप्रपाले सरकारबाट हट्ने निर्णय गरेको थियो । पािर्टीले सरकारलाई दिएको समर्थन फिर्ता समेत लिने निर्णय गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);