पिकनिक मनाउन गएकी सांसद रहमानको निधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पिकनिक मनाउन गएकी सांसद रहमानको निधन

काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद सहनाज रहमानको निधन भएको छ । हृदयघातका कारण शनिबार सांसद रहमानको मृत्यु भएको हो । भक्तपुरको सूर्यविनायक नगरपालिका–३ घ्याम्पेडाँडामा पिकनिक मनाउन गएकी रहमानलाई अचानक छाती दुखेको थियो ।

उपचारका लागि मध्यपुर अस्पताल थिमीमा लगिएपनि उपचारकै क्रममा निधन भएको जसपाले जनाएको छ चिकित्सकले सांसद रहमानको मृत्यु भएको घोषणा गरेका थिए ।

पार्टीको जनवर्गीय संगठनले आयोजना गरेको होली मिलन तथा वनभोज र परिचयात्मक कार्यक्रममा सहभागी सांसद रहमान वनभोजस्थलमै मेचबाट एक्कासी ढलेर बेहोस भएकी थिइन् ।

जसपाकी केन्द्रीय सदस्यसमेत रहेकी समानुपातिक प्रणालीतर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रहमान मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै सांसद भएकी थिइन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);