बंगलादेशका संस्थापक राष्ट्रपतिको हत्या अभियोगमा सैन्य अधिकारीलाई मृत्युदण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

बंगलादेशका संस्थापक राष्ट्रपतिको हत्या अभियोगमा सैन्य अधिकारीलाई मृत्युदण्ड

bangladesh prez

एजेन्सी , ३० चैत । बंगलादेशका स्वतन्त्रता नायक तथा संस्थापक राष्ट्रपति शेख मुजिबुर रहमानको हत्या भएको ४५ बर्षपछि दोषिलाई मृत्युदण्ड दिइएको छ । सन् १९ सय ७५मा पुर्व राष्टÇपति शेख मुजिबुर रहमानको हत्या गरेको दोषी सावित भएका पूर्व सैन्य अधिकारी अब्दुल मजिदलाई मृत्युदण्ड भएको अन्तराष्टिय संचार माध्यमहरुले जनाएका छन् ।

अब्दुल मजिदले राष्ट्रपति समक्ष जीवनरक्षाका लागि गरेको अपिल अस्वीकृत भएपछि मजिदलाई राजधानी ढाकामा शनिवार फाँसी दिइएको हो । शेख मुजिबुर रहमानको हत्या गरेको अभियोग लागेका उनी २५ वर्षदेखि फरार थिए । बंगलादेशका वर्तमान प्रधानमन्त्री शेख हसिनाका पिता रहमान परिवारका धेरै सदस्यसहित सन् १९सय ७५ को सैन्य कूमा मारिएका थिए ।

शेख हसिनाको सरकारले उनका बाबुको हत्यारालाई संरक्षण गर्ने किसिमको कानून परिवर्तन गरेर सन् १९सय ९८ मा मजिद सहित एक दर्जन सैन्य अधिकारीहरूलाई मृत्युदण्ड सुनाइएको थियो ।

बंगलादेशको सर्वोच्च अदालतले उक्त निर्णयलाई सन् २००९ मा रहमानको हत्याका पाँचजना दोषीलाइ फाँसीको सजाय सुनाएको थियो । । गत महिना भारतबाट आफ्नो देश फर्केका मजिदलाई गिरफ्तार गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);