बंगलादेश पुगे भारतीय प्रधानमन्त्री मोदी | ईमाउण्टेन समाचार

Our Network

साउन १८ २०८३, मंगलबार

बंगलादेश पुगे भारतीय प्रधानमन्त्री मोदी

narendra modi

एजेन्सी, १३ चैत। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणका लागि बंगलादेश पुगेका छन्। शुक्रबार बंगलादेश पुगेका मोदीलाई बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले ढाकास्थित विमानस्थलमा स्वागत गरिन् ।

बंगलादेशका संस्थापक शेख मुजिबर रहमानको जन्मशताब्दी र बंगलादेश स्वतन्त्र भएको ५० वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री शेख हसिनाको निमन्त्रणामा मोदी बंगलादेश पुगेका हुन् । यसैका लागि नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी पनि गत ९ र १० गते बंगलादेश भ्रमणमा गएकी थिइन् ।

त्यसैगरी भुटानबाट पनि बंगलादेशमा उच्चस्तरिय भ्रमण भइसकेको छ । बंगलादेशमा रहेका मुसलमान र विद्यार्थीहरुले भने मोदीको भ्रमणको विरोध गर्दै आईरहेका छन् । राजधानी ढाकास्थित बैतुल मोकार्रम मस्जिद बाहिर करिब पाँच सय जना मुस्लिम समुदायका व्यक्तिहरुले एक हप्ता अघि ¥याली निकालेर विरोध प्रदर्शन गरेका थिए ।

Leave a Reply