मनसुनी बर्षा र आँधिबेहरीका कारण 'रोहिंग्या शरणार्थी' थप समस्यामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मनसुनी बर्षा र आँधिबेहरीका कारण ‘रोहिंग्या शरणार्थी’ थप समस्यामा

rohingya refugees

एजेन्सी , २३ बैशाख । मनुसन सुरु भएसँगै बंगलादेशमा शरणार्थी जीवन विताइरहेका रोहिंग्या मुसलमानहरुको दैनिकी थप कष्टकर भएको छ । रोहिंग्या समुदाय आफ्नो घर म्यानमार फर्कन खोजे पनि अझै उपयुक्त बातावरण बन्न सकेको छैन । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले रोहिंग्याहरुको समस्या समाधानका लागि पहल गर्न आह्वानसमेत गरेकी छन् ।

म्यानमारबाट भागेर बंगलादेश पुगेका रोहिंग्या शरणार्थीहरु मनसुनी बर्षा र आँधिबेहरीका कारण थप समस्यामा परेका छन् । शरणार्थी शिविरमा बसिरहेका उनीहरुले स्वदेश फर्कने बातावरण बनाइदिन संयुक्त राष्ट्रसंघ र सारोकारवाला निकायलाई गुहार्न थालेका छन् । बंगलादेशमा दशलाख रोहिंग्या शरणार्थी बस्दै आएका छन् ।

म्यानमारमा गत बर्ष उपद्रव मच्चेपछि उनीहरु म्यानमारको रखाइन प्रान्तबाट ज्यान बचाउन बंगलादेशमा शरण लिन पुगेका थिए । रोहिंग्या मुसलमानको पलायन म्यानमारको सेनाको क्रुर कारबाही पछि भएको पीडितहरु बताउँछन । जबकि म्यानमारको सेनाले रोहिंग्या चरमपंथीले प्रहरी चौकीमाथि आक्रमण गरेपछि बाध्य भइ कारबाही गर्नुपरेको जनाएको छ ।

त्यसबेला रोहिंग्या मुसलमानहरुको कैयौ गाउँमा आगो लगाइयो भने महिलाहरु बलात्कृत भएका थिए । संयुक्त राष्ट्रसंघको मानव अधिकार एजेन्सी युएनएचसीआरले रोहिंग्या मुसलमानबिरुद्धको म्यानमारको कारबाहीलाई नरसंहारको संज्ञा दिंदै यो समस्याको टुंगो लगाउनुपर्नेमा जोड दिएको छ ।

अहिले उनीहरु बंगलादेशको काँक्स बजार क्षेत्रमा बसिरहेका छन् । जहाँ सबै भन्दा बढी बर्षा हुने गर्दछ । विभिन्न समस्या झेल्दै आएका शरणार्थीले बर्षामा अरु रोगहरुको सामना गर्नुपर्ने स्थिति उत्पन्न हुनेसक्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन ।

यसैबीच रोहिग्या संकटलाई बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले मानबीय नजरवाट हेर्नुपर्ने बताएकी छन् । संयुक्त राष्ट्रसंघका अधिकारीहरुले तत्काल शरणार्थीको फीर्ति र शिबिरमा सुधारमा जोड दिएका छन । बर्षाको पानी शिबिर क्षेत्रमा जम्न नपाउने गरी नाला निर्माणतर्फ शरणार्थीहरुले ध्यानाकर्षण गराएका छन् ।

शरणार्थीहरु म्यानमारमा सुरक्षितपूर्वक बस्न पाउने अवस्था नभएसम्म फर्किन डराएकोले यसतर्फ म्यानमार बंगलादेश र राष्ट्रसंघले चासोपूर्बक ध्यानदिनुपर्ने शरणार्थीहरुको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);