म्यानमारका रोहिंग्या समुदायमाथि बंगलादेश सरकारको कडाई | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

म्यानमारका रोहिंग्या समुदायमाथि बंगलादेश सरकारको कडाई

rohingya muslim

एजेन्सी, ८ भदौ । बंगलादेशले आफनो देशमा शरण लिइरहेका म्यानमारका रोहिंग्या मुस्लिम समुदायप्रति गरिने व्यवहारमा कडाई गर्ने भएको छ । म्यानमारमा भएको हिंसापछि आफ्नो मुलुकमा शरण लिइरहेका लाखौं रोहिंग्या मुस्लिम समुदायप्रति बंगलादेशले कडा नीति अवलम्वन गर्न लागेको हो ।

बंगलादेशका विदेशमन्त्री अब्दुल मोमिनले रोहिंग्या मुस्लिमको आर्थिक भार सरकारले बहन गर्न नसक्ने बताएका छन । बंगलादेश सरकारले म्यानमार फर्कन चाहनेहरुका लागि गत विहिबार बसको व्यवस्था गरेको थियो । यद्यपी सो बसमा एक जना शरणार्थी पनि नचढेपछि उनीहरु स्वतःस्फुर्त रुपमा नफर्कने बंगलादेश सरकारको निष्कर्ष छ ।

केही गैरसरकारी संस्थाहरुले म्यानमार नफर्कन गरेको अभियानका कारण पनि रोहिङग्या समुदायलाई स्वदेश फर्काउन नसकिएको विदेशमन्त्री मोमिनको भनाई छ । ७ लाख ४० हजार रोहिङग्या बंगलादेशको कोक्स बजारको शिविरमा बसिरहेका छन् । शरणार्थीका कारण अपराध र हिंसा समेत बढेको बंगलादेश सरकारको निष्कर्ष छ ।

यसैबीच रोहिंग्या शरणार्थीहरुले बंगलादेशस्थित शिविरमा ।म्यानमारमा आफ्ना आफन्तहरु विरुद्ध जातीय हिंसा भएको दुई वर्ष पुगेको दिन पारेर र्याली निकालेका छन ।

सन् २०१७ को अगस्ट महिनामा म्यानमारको राखिन राज्यमा भएको हिंसाका कारण रोहिंग्या विस्थापित भएर बंगलादेशको शरणार्थी शिविरमा बस्दै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);