कांग्रेस नेता राहुलको नेतृत्वमा कश्मीरको अवस्था बुझ्न गएको विपक्षी दल फिर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

कांग्रेस नेता राहुलको नेतृत्वमा कश्मीरको अवस्था बुझ्न गएको विपक्षी दल फिर्ता

rahul gandi team

एजेन्सी, ८ भदौ । भारतीय कांग्रेस नेता राहुल गान्धीको नेतृत्वमा जम्मू कश्मीरको अवस्था बुझ्न गएको विपक्षी दलको प्रतिनिधिमण्डललाई श्रीनगरबाट फिर्ता पठाइएको छ । विपक्षी नेताहरु श्रीनगरको विमानस्थलमा पुग्नेपछि हंगामा सुरु भएको थियो ।

राहुल गान्धीसँगै कांग्रेस नेता गुमाल नबी आजाद, राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) नेता माजिद मेमन, कम्युनिष्ट पार्टी अफ् इण्डिया (सीपीआई) का नेता डी राजाका अलावा शरद यादवसहित कैयौँ नेताहरु जम्मू कश्मीरको अवस्था बुझ्न त्यसतर्फ जाँदै थिए । प्रशासनले यसअघि नै उनीहरुलाई आफ्नो यात्रा स्थगित गर्न अपिल गरिसकेको थियो । जम्मू कश्मीरको विशेष दर्जा खारेजीसँगै राज्यलाई दुई ओटा केन्द्रशासित राज्यमा अलग गर्ने निर्णयपछि श्रीनगरलगायत केही शहरहरुमा प्रतिबन्ध लगाइएको छ ।

यसैबीच जम्मू कश्मीर प्रशासनले विपक्षी नेताहरुलाई नआउन र शान्ति व्यवस्था बनाइराख्नको लागि मद्दत गर्न आव्हान गरेको छ । विमानस्थलबाट फर्काइएपछि एनसीपी नेता मजीद मेमनले आफूहरु त्यहाँ कुनै गडबडी र सरकारको विरोध गर्न नभइ सरकारलाई सुझाव दिनको लागि त्यसतर्फ जान लागेको बताएका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);