कश्मीरमा आतंकवादि आक्रमण, ४० भन्दा बढी सुरक्षाकर्मीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कश्मीरमा आतंकवादि आक्रमण, ४० भन्दा बढी सुरक्षाकर्मीको मृत्यु

jammu-kasmir-aakraman

काठमाडौं, ३ फागुन । भारतको जम्मू कश्मीरमा चरपन्थीले गरेको आक्रमणमा परि ४० भन्दा बढी सुरक्षाकर्मीको मृत्यु भएको छ ।

जम्मू कश्मीरको पुलवामा जिल्लाको लेथपोरा नजिक श्रीनगरजम्मू राजमार्गमा सिआरपिएफका जवानहरु चढेको गाडीमा आक्रमण भएको हो । घटनामा घाइते हुने हरुको अबस्था चिन्ताजनक भएकोले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने बताइएको छ ।सिआरपिएफको बस श्रीनगर जम्मू राजमार्गमा गुडिरहेका बेला चरमपन्थीले बसलाई निशाना बनाएर आक्रमण गरेका हुन् । बसमा ४० भन्दा बढी जवान रहेका थिए ।

सिआरपिएफले ४० जवानको ज्यान गएको पुष्टि गरेको छ । घटनामा घाइते भएका जवानको श्रीनगरमा रहेको सेनाको अस्पतालमा उपचार भइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);