एजेन्सी,३ असार । आइतबार जम्मु कश्मीरको कटरामा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको तीव्रता ४.१ थियो । आइतबार बिहान ३ बजेर ५० मिनेटमा भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु कटराबाट ११ किलोमिटर गहिराइमा रहेको बताइएको छ ।
यसअघि लद्दाखको लेहमा भूकम्पको धक्का महसुस गरिएको थियो । उत्तरपूर्वी लेहमा यस भूकम्पको तीव्रता रिक्टर स्केलमा ४.१ थियो। दिउँसो २ बजेर १६ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । जानकारीका अनुसार यस भूकम्पबाट कुनै पनि मानवीय वा धनमालको क्षतिको समाचार प्राप्त भएको छैन ।
यसअघि शनिबार साँझ जम्मु कश्मीर र लद्दाखमा भूकम्पको धक्का महसुस गरिएको थियो । लद्दाखमा गएको भूकम्पको रेक्टर स्केलमा ४.५ रेक्टर स्केल थियो । त्यसैगरी, १० मिनेटपछि जम्मू कश्मीरको डोडा जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो । रेक्टर स्केलमा यसको तीव्रता ४.४ थियो।
जम्मु काश्मिरको पहाडी क्षेत्रमा शनिबार फेरि भूकम्पको धक्का महसुस गरिएको छ । यसपटक भूकम्पको केन्द्रबिन्दु रामवन थियो । यहाँ पाँच दिनमा जम्मू कश्मीरमा सातौं झटका छ । भूकम्पको दृष्टिले जम्मु कश्मीर निकै संवेदनशील मानिन्छ । विशेषगरी डोडा, किश्तवाड र रामबनमा एक सातादेखि भूकम्पको धक्का महसुस भइरहेको छ ।
शनिबार दिउँसो २ः३० बजे गएको भूकम्पको तीव्रता रेक्टर स्केलमा ३ रेक्टर मापन गरिएको छ भने यसको केन्द्रबिन्दु रामवनमा जमिनबाट पाँच किलोमिटर तल रहेको छ । लगातारको भूकम्पका कारण मानिसहरु त्रासमा छन् ।
यसअघि मंगलबार रामबन र कश्मीर उपत्यकाका विभिन्न भागमा पर्ने डोडा जिल्लामा गएको भूकम्पमा परी ६ घरमा क्षति पुगेको थियो भने दुई बालिका घाइते भएका थिए । यसपछि १४ जुन बिहीबार पाँच पटक भूकम्पको धक्का महसुस गरिएको थियो ।




