भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । काठमाडौंमा शुक्रबार बिहानै भूकम्पको धक्का महसुस गरिएको छ ।

शुक्रबार बिहान ७ बजेर ५ मिनेटमा भक्तपुरको सल्लाघारी केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार उक्त भूकम्प ३ दशमलव ५ रेक्टर स्केलको मापन गरिएको छ । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसअघि गत असार २१ गते बिहान ६ बजेर ३२ मिनेटमा काठमाडौंको कुलेश्वर केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);