दार्चुलामा ढुंगा लागेर ओभरसियरको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

दार्चुलामा ढुंगा लागेर ओभरसियरको मृत्यु

death

दार्चुला । अपिहिमाल गाउँपालिका–५ मकरीगाडमा निर्माणाधीन मकरीगाड हाइड्रोपावरमा कार्यरत एक जना ओभरसियरको ढुंगा लागेर मृत्यु भएको छ । हाइड्रोपावरको पाइपलाइन खन्ने क्रममा खसेको ढुंगा लागेर ओभरसियर गणेशसिह बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अपिहिमाल गाउँपालिका–३ घर भएका बोहरा निर्माणाधीन १० मेगावाट मकरीगाड हाइड्रोपावरमा ओभरसियरको रुपमा कार्यरत थिए । ढुंगा लागेर बोहराको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्र बहादुर चन्दले जानकारी दिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);