घाटीबगड क्षेत्रमा ढुंगा लागेर एक मजदुरको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

घाटीबगड क्षेत्रमा ढुंगा लागेर एक मजदुरको मृत्यु

दार्चुला,२० भदाै । नेपाली सेनाले निर्माण गर्न लागेको दार्चुला तिंकर घोरेटो बाटोको घाटीबगड क्षेत्रमा ढुंगा लागेर एक मजदुरको मृत्यु भएको छ ।

शुक्रवार सांझ घाटीबगड क्षेत्रमा ब्याँस गाउँपालिका ५ धौलाकोटका ३७ वर्षीय दिवान सिंह धामी लाई बाटो खन्ने क्रममा माथि बाट खसेको ढुंगा लागेर गम्भीर घाईते भएका र अबेर साझ नेपाली सेनाको हेलिकप्टरले उपचारका लागि जिल्ला अस्पताल दार्चुला ल्याएको र उपचारका क्रममा धामीको जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको हो ।

गत जेठ महिना देखी नेपाली सेनाले ब्याँस गाउँपालीका २ को घाटीबगड क्षेत्रमा ब्याँस गाउँपालीका १ को छाङरु र तिंकर जोड्ने घोरेटो बाटो निर्माण गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);