एस‍एसबीले तुईनको तार काट्दा महाकालीमा खसेर एक नेपाली बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

एस‍एसबीले तुईनको तार काट्दा महाकालीमा खसेर एक नेपाली बेपत्ता

mahakali sandhi

दार्चुला । ब्याँस गा.पा.२ माल मा तुईन तर्दै गर्दा महाकाली नदीमा खसेर एक जना बेपत्ता भएका छन् । बेपत्ता हुने मा स्थानिय ३३ वर्षिय जय सिंह धामी रहेको प्रहरी ले जानकारी दिएको छ । शुक्रबार ब्याँस गा.पा.२ माल स्थित तुईन बाट महाकाली नदी तरेर भारत तर्फ जाँदै गरेका स्थानिय ३३ वर्षिय जय सिंह धामी तुईन तरी नसक्दै भारतीय एस.एस.बी. ले तुईन काटेर महाकाली नदी मा खसेर बेपत्ता भएको स्थानिय प्रतक्षदर्शी शेर सिंह धामी को भनाई रहेको छ ।

स्थानिय ब्याँस गा.पा.बासीहरु ले उक्त घटना मा संलग्न एस.एस.बी. जवानहरु माथी आवश्यक अनुसन्धान गरी पाउँ भनी प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशी लाई ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्रमा उल्लेख भए अनुसार आज विहान ८ बजे ब्याँस गा.पा. २ माल बस्ने ३३ वर्षिय जय सिंह धामी सोही ठाउँ बस्ने बहादुर सिंह धामी , अमर सिंह धामी , मन्नाम सिंह धामी , अनिता धामी , कल्यान धामी र विक्रम रंकोली तुईन तरेर भारत को बाटो हुदै सदरमुकाम आउन तुईन भएको ठाउँमा पुगी उक्त व्यक्ती हरु मध्ये बहादुर सिंह धामी र अमर सिंह धामी तुईन तरी भारत तर्फ पुगी सकेको र नेपाल तर्फ रहेका अनिता धामी , कल्यान सिंह धामी र विक्रम रंकोली प्रतक्षदर्शी ले देखे अनुसार जयसिंह धामी तुईन तरेर भारत पट्टी नपुग्दै भारतीय सिमा सुरक्षा बल एस.एस.बी. मा कार्यरत पोसाक र हतियार सहित का दुई जना ले भारत तर्फ तुईन काटेको र तुईन तरी रहेका जय सिंह धामी तार संगै महाकाली नदीमा बगेर बेपत्ता भएको ज्ञापन पत्र मा उल्लेख गरेका छन् ।

ब्याँस गा.पा. का बासिन्दाहरु महाकाली नदी मा तुईन तरेर भारतको बाटो हुदै दार्चुला सदरमुकाम खलंगा आउने गर्दछन् । स्थानिय ३३ वर्षिय जय सिंह धामी तुईन तर्दै गर्दा महाकाली नदी मा खसेको भन्ने खबर प्राप्त भएको र घटना कसरी घटेको हो भन्ने बारेमा अनुसन्धान भई रहेको तथा स्थल तर्फ प्रहरी टोली खटाई सकेको र बेपत्ता जय सिंह धामी को खोजी का लागी महाकाली नदी तटिय क्षेत्रका सबै प्रहरी चौकी लाई खबर गरी सकेको जिल्ला प्रहरी कार्यालय दार्चुला का सुचना अधिकारी नरेन्द्र बहादुर चन्द ले जानकारी दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);