जयसिंह धामी वेपत्ता प्रकरणमा सरकारप्रति गठबन्धनका नेताहरु नै असन्तुष्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

जयसिंह धामी वेपत्ता प्रकरणमा सरकारप्रति गठबन्धनका नेताहरु नै असन्तुष्ट

काठमाडौं । सत्तारुढ गठबन्धनका नेताहरुले तुइन तर्ने क्रममा वेपत्ता भएका जयसिंह धामी प्रकरणमा सरकारले आफ्नो अडान प्रष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा सहभागी नेताहरुले जयसिंह धामी प्रकरणमा सरकारको दृष्टिकोण अस्पष्ट भएको भन्दै असन्तुष्टि जनाउँदै सरकारको अडान प्रष्ठ पार्न प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका हुन् ।

बैठकमा नेताहरुले धामी बेपत्ता प्रकरणबारे प्रश्न उठाउँदै छानविनका लागि गठित समितिको प्रतिवेदन सार्वजनिक गर्न ढिलाई भएको भन्दै असन्तुष्टि जनाएका थिए । साथै बैठकमा नेताहरुले यस्ता घटना दोहोरिन नदिन छिमेकी राष्ट्र भारतसँग कुरा गर्नु पर्ने सुझाव समेत दिएका थिए । धामी प्रकरणका विषयमा नेताहरुले प्रश्न गर्दा प्रधानमन्त्री देउवा भने मौन रहेको बैठकमा सहभागी एक नेताले बताए ।

एकीकृत समाजवादीका नेता बेदुराम भुसाल, जसपाका नेता डा. बाबुराम भट्टराई, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ लगायतले छानविन समितिको प्रतिवेदन आउन ढिलाइ भएकोमा असन्तुष्टि जनाएका थिए ।

गएको साउन १५ गते तुइनमार्फत् महाकाली नदी तर्दै गर्दा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइनको तार काटिदिएपछि जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएका थिए ।

सरकारले सो प्रकरणमा छानविन समिति गठन गरी घटनासम्बन्धी सत्यतथ्य बाहिर ल्याउन भनेको भएपनि समितिले अझै प्रतिवेदन सार्वजनिक नगर्दा र सो सम्बन्धी सरकारले आधिकारिक धारण स्पष्ट नगदौ चौतर्फी आलोचना भईरहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);