दार्चुला तुईन घटना : सरकारले भारतलाई पठायो कूटनीतिक नोट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दार्चुला तुईन घटना : सरकारले भारतलाई पठायो कूटनीतिक नोट

pararastra mantralaya

काठमाडौं । सरकारले दार्चुला घटना भएको झण्डै दुई महिनापछि भारतलाई कूटनीतिक नोट पठाएको छ ।

घटनाबारे छानविन गर्न गृह मन्त्रालयले बनाएको सहसचिव जनार्दन गौतम नेतृत्वको छानविन समितिको प्रतिवेदनमा भारतिय एसएसबीको उपस्थितिमा घटना भएको बताएको छ । साथै घटनाबारे थप अनुसन्धान गरी दोषीलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन सिफारिस गरेको छ ।

उक्त प्रतिवेदनको आधारमा परराष्ट्र मन्त्रालयले भारतलाई कूटनीतिक नोट पठाएको हो ।

दार्चुलाको ब्यास नगरपालिका–२ का जयसिंह धामी १५ साउनमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काटिदिँदा महाकाली नदीमा खसेर बेपत्ता भएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);