सरकारले भारतीय राजदूतलाई दियो कूटनीतिक नोट | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

सरकारले भारतीय राजदूतलाई दियो कूटनीतिक नोट

kutnitik note

काठमाडौं, २९ वैशाख । नेपाल सरकारले नेपाली भूमि लिपुलेकमा सडक बनाएको बारेमा भारत सरकारलाई कूटनीतिक नोट दिएको छ । परराष्ट्र मन्त्रालयले सोमबार नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालयमा बोलाएर लिपुलेक विवाद र भारतीय अतिक्रमणबारे नेपाल सरकारको धारणा सुनाउदै कूटनीतिक नोट दिएको हो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र सचिव शंकर वैरागीले राजदूत क्वात्रालाई नेपाली भूभागभित्र रहेको लिपुलेकमा बिनासूचना र जानकारी भारतीय पक्षले सडक निर्माणसहितका गतिविधि जारी राखेकोमा ‘कूटनीतिक नोट’ दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाली भूमि मिचेको बारेमा नेपालले भारतीय पक्षसँग पटक पटक उच्चस्तरीय वार्ताको पहल गरे पनि सम्भव नभएको बताएको छ ।

यस पटक पनि भारतले कोरोनाको संकट सकिएपछि मात्रै कुराकानी गर्ने जवाफ नेपाललाई पठाएको थियो । तर भारतको हेपाहा प्रवृत्तिविरुद्ध देशभर आक्रोश बढेको अवस्थामा परराष्ट्र मन्त्रालयले तत्कालै भारतसँग वार्ता गर्न चाहेको बताएको छ ।

गत शुक्रबार नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनको तिब्बतस्थित धार्मिकस्थल मानसरोवर जाने सडकमार्ग भारतीय रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका थिए ।

भारत सरकारलाई नेपाली भूमि लिपुलेकमा सडक बनाएको बारेमा कूटनीतिक नोट दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);