लिपुलेक विवाद अब समाधान हुन्छ (भिडियो) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

लिपुलेक विवाद अब समाधान हुन्छ (भिडियो)

prithivi subba gurung

काठमाडौं, ३० वैशाख । मुलुक पूरै लकडाउनले रुमलिरहेको बेला लिपुलेकको विषयले राजनिति फेरि तरङ्गगीत भएको छ । वास्तवमा सत्ता पक्षलाई भुईचालो जाने गरि तर्साएको छ । जब भारतले लिपुलेक हुँदै मानसरोवर जाने बाटो उद्द्घाटन गरिरहेको भिडियो सार्वजनिक भयो त्यतिबेला सम्म निदाईरहेको जस्तो सरकार र राजनिति दलहरु कोकोहालो गरेर बोलीरहेको छ । कसको पालामा लिपुलेक भारतले अतिक्रमण गर्यो भनेर आरोप पत्यारोप लगाईरहेका छन् । भने अर्कोतर्फ केद्रिय सरकारले अब प्रदेश सरकार र स्थानीय सरकारलाई के कस्ता बजटको विकास योजना ल्याउलान भनी हेरिरहेको अवस्था छ । प्रदेश सरकार र स्थानीय सरकारले बजेटबारे के अपेक्षा गरेको छ त ? लिपुलेकमा ओली सरकार कता ? लिपुलेकको विषयबारे जनताले ओली सरकारसंग प्रश्न गर्न मिल्दैन ? केन्द्र सरकार र स्थानीय सरकार भएपछि किन बिचमा प्रदेश सरकार चाहियो र भन्नेलाई के भन्नु हुन्छ ? भन्ने सन्दर्भमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग गरिएको अन्तर्वार्ता :

केन्द्र सरकारसंग तपाई कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

पहिला केन्द्र सरकारसंग हरेक कुरामा आश गरिरहेका हुन्थ्यौं । अहिले कोरोना भाईरसको कारणले प्रदेश सरकार र स्थानीय सरकारको काम र महत्व स्पष्टले देखिएको छ । संघीयको औचित्य पनि पूरा हुँदै आएको छ र प्रदेश सरकार कहाँ छ भन्नेलाई सदृश्य आफ्नै आँखा अगाडि देखिरहेको छ ।

केन्द्र सरकार र स्थानीय सरकार भएपछि किन प्रदेश सरकार चाहियो र भन्नेलाई के भन्नु हुन्छ ?

त्यो आग्रहबाट आएको विचार थियो । संघ र स्थानीय सरकार त सरकार नै नभए पनि कुनै न कुनै संरचनामा पहिले पनि थियो । प्रदेश सरकार चाहिँ नयाँ सरकार हो । दुई तहको सरकारले बिचमा जुन विकिरिकरणको अभ्यास भयो त्यो विकिरिकरण नेपालमा फेल भयो ।

पूरै अन्तर्वार्ता तलको भिडियोमा हेर्न सक्नुहुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);