लिपुलेक अतिक्रमणबारे नयाँ खुलासा (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

लिपुलेक अतिक्रमणबारे नयाँ खुलासा (भिडियोसहित)

bhim rawal

काठमाडौं, ३१ वैशाख । भारतले नेपालको लिपुलेक हुँदै मानसरोबर जाने पक्कि सडक बनाउँदा पनि सरकारले रोक्न र भारतसँग सिधा बार्ता गर्न नसकेपछि आम नेपालीमा आक्रोश बढेको छ । जनतामा बढेको आक्रोशकै बीच नेकपाका नेता डा.भीम रावलले भारतले सीमा अतिक्रमण गर्दा नेपाल सरकार बेवारिसे वक्तव्य जारी गरी बसेको गम्भीर आरोप लगाउनु भएको छ । हस्ताक्षर बिनाको वेवारिसे वक्तव्यले सीमा अतिक्रमण नरोकिने भन्दै नेता रावलले सीमा क्षेत्रमा तत्काल सुरक्षाकर्मी परिचालन गरी भारतीय सेना हटाउन माग गर्नु भएको छ । सीमा अतिक्रमण हुँदा नेपाल सरकार कहाँ कहाँ चुक्यो ? भन्ने सम्बन्धमा पूर्व उपप्रधानमन्त्री, गृहमन्त्री एवं रक्षा मन्त्री हुनु भएका नेकपाका नेता डा.भीम रावलसँग गरिएको विशेष अन्तर्वार्ता ।

पछिल्लो समय तपाई किन आक्रोशित र उत्तेजित हुनु भएको ?

नेपालको सीमा अतिक्रमण हुँदा, नेपालको भूमिमा भारतीय सेना रहँदा पनि सरकार मौन बसेपछि म बोल्न बाध्य भएको हो । मैले गलत बोलेको भनेर पुष्टि गर्ने ताकत कोहीसँग छ भने आए हुन्छ ।

तपाई भारतसँग रिसाएको कि नेपाल सरकारसँग ?

भारतले गलत कदम उठाएको छ, रिस उठ्नु स्वभाविकै हो । भारतले जे जे गरे पनि मेरो कम्युनिष्ट पार्टीको सरकारले केही गर्न नसक्नु दुर्भाग्यपूर्ण हो । सरकार गर्नु पर्ने काम गर्दैन, नगर्नुपर्ने काम गर्छ । यस्तो सरकारले जे गरे पनि टुलुटुलु हेरेर बस्न म सक्दिन ।

राष्ट्रवादको चर्काे नारा दिएर सत्तामा पुगेको नेकपा सरकारले भारतले गरेको अतिक्रमण रोक्न सक्छ ?

सकेन, इच्छा शक्ति नै देखाएन । वेवारिसे वक्तव्य दिएर अतिक्रमण रोकिंदैन ।

अतिक्रमण रोक्नै नसकिने हो त ?

रोक्न सकिन्छ । म सँग रोक्ने थुप्रै उपाय छ । स्थायी कमिटी बैठकमा पनि लिखित रुपमै बुझाएको छु । नेताहरुले पढ्दै पढेनन । पढेको जस्तो गर्नेले पनि बुझेनन ।

तपाई पनि गृह र रक्षा मन्त्रालय सम्हालेको व्यक्ति । त्यो बेलामा के गर्नु भयो त ?

मैले बनाएको राष्ट्रिय सुरक्षा नीति सरकारले कार्यान्वयन गरोस न । भारतीय सेना नेपाल छोडेर जान बाध्य हुन्छ ।

नेकपा नेता डा.भीम रावलसँग गरिएको एक घण्टा ६ मिनेटको पूरा भिडियो तलको लिंकमा हेर्न सक्नुहुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);