इयुले इजिप्टलाई ७.४ अर्ब युरोको आर्थिक प्याकेज उपलब्ध गराउँने राष्ट्रपतिको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

इयुले इजिप्टलाई ७.४ अर्ब युरोको आर्थिक प्याकेज उपलब्ध गराउँने राष्ट्रपतिको घोषणा

काठमाडौं,५ चैत्र । युरोपेली संघ (इयु) इजिप्टको अर्थतन्त्रलाई बलियो बनाउन लगभग ७.४ बिलियन युरो (८.०६ बिलियन अमेरिकी डलर) को वित्तीय प्याकेज उपलब्ध गराउन सहमत भएको इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले बताउनुभएको छ ।

भ्रमणमा रहेका युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेन र ब्लकका अन्य वरिष्ठ अधिकारीहरूसँग संयुक्त रूपमा आयोजित पत्रकार सम्मेलनमा सिसीले इजिप्ट र ईयुले सहयोगी मार्गमा लाग्न संयुक्त राजनीतिक घोषणामा हस्ताक्षर गरेको घोषणा गर्नुभयो । द्विपक्षीय सम्बन्धलाई रणनीतिक र व्यापक साझेदारी स्तरमा स्तरोन्नति गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । आर्थिक प्याकेजले मुख्यतया इजिप्टको अर्थतन्त्र तीन पक्षहरूमा केन्द्रित हुनेछ ।

सहुलियत वित्तपोषण, लगानी ग्यारेन्टी, र द्विपक्षीय सहयोग परियोजनाहरूको कार्यान्वयनको लागि प्राविधिक सहयोगमा केन्द्रित हुने राष्ट्रपतिले बताउनु भयो । इजिप्ट र इयुले २०२४ को दोस्रो त्रैमासिकमा इजिप्टको बजारमा संलग्न हुनका लागि थप युरोपेली कम्पनीहरूलाई स्वागत गर्न संयुक्त लगानी सम्मेलन गर्ने तयारी गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);