इजिप्ट राष्ट्रपतिद्वारा गाजा युद्ध रोक्न आह्वान | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

इजिप्ट राष्ट्रपतिद्वारा गाजा युद्ध रोक्न आह्वान

काठमाडौं, २७ कात्तिक । इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले अन्तर्राष्ट्रिय समुदायलाई गाजा पट्टीमा रक्तपात रोक्न इजरायललाई दबाब दिन आग्रह गर्नुभएको छ । इजिप्टको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा प्यालेस्टाइनी तटीय क्षेत्रमा हालको घातक इजरायली आक्रमणको बारेमा छलफल गर्न साउदीको राजधानी रियादमा आयोजित अरब–इस्लामिक शिखर सम्मेलनमा सिसीले उक्त टिप्पणी गर्नुभएको हो ।

“इजिप्टले बारम्बार एकपक्षीय नीतिको नतिजाको बिरुद्धमा चेतावनी दिएको र गाजामा युद्ध रोक्न असफल भए यस क्षेत्रमा सैन्य टकराव झनै भयंकर हुने अनुमान रहेको छ । उनले अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई कुनै प्रतिवन्ध वा शर्तहरू बिना स्ट्रिपमा तत्काल र दिगो युद्धविराम हासिल गर्न गम्भीर र निर्णायक रूपमा काम गर्न आग्रह गर्नुभयो । सिसीले प्यालेस्टाइनीहरूलाई आफ्नो भूमि बाहिर ठाउँमा बिस्थापित गर्ने सबै अभ्यासहरू अन्त्य गर्न पनि माग गर्नुभयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);